ब्रदर्श पोल्ट्री फर्म डडेल्धुरामा आगलागी




डडेल्धुरा ः डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नंम्बर १ पुईलेकमा रहेको ब्रदर्श पोल्ट्री फर्म आगलागी भएकोछ । फर्ममा रहेको कुखुरा खोर र दाना गोदाममा आगलागी भएको हो । आगलागी बाट एक हजार दुई सय चल्ला र बाह्त्तर बोरा दाना र दुईवटा खोर नष्ट भएकोछ । आगलागी भएको खबर आएपछि अमरगढी नगरपालीकाको दमकल घटना स्थलमा पुगेको थियो । आगलागीबाट थप खोर र आवास गृहमा भने ष्यति हुन बाट बच्यो । अहिले प्रहरी घटनास्थल पुगेर स्थलगत निरीक्षण गरिरहेकोछ ।
Views: 219

























