धनगढी ः कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवा दोब्बर मतले अगाडि भएका छन् ।
एक हजार छ सय १६ मत गणना हुदा देउवाले छ सय ७१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले तीन सय ३४ मत ल्याएका छन् ।
राप्रपाका उम्मेदवार शिवराज भण्डारीले दुई सय ७७ मत र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले एक सय ६७ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले एक सय ६२ मत ल्याएको छ ।



Views: 225

























