२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

५० हजार पुरुस्कारमा रु ४० हजार टिम दर्ता शुल्क

डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुरामा जिल्ल क्रिकेट संघले भदौ २९ गते एक सुचना जारि गरेको थियो । अध्यक्ष हरि प्रसाद उप्रती द्धारा हस्ताक्षरित सुचनामा लेखिएको छ ः श्र्री पालिका( डडेल्धुराका सातै पालिका
बिषय ः टिम सहभागि गराईदिने बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा यस डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा यहि मिति २०७९—०६—१२ गते देखि जिल्ला स्तरिय प्रथम दिजगंगा T-20 पुरुष क्रिकेट प्रतियोगिता संञ्चालन हुने भएकाले टिम सहभागि गराई दिनु अनुरोध गरिन्छ ।
हरौ पत्रको विवरण ः

लिगको आधारमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेल आइसिसीको नियमअनुसार खेलाइने अध्यक्ष उप्रेतीले बताए। प्रतियोगिताको विजेता टिमलाई ५१ हजार १५१ र दोस्रो हुने टिमलाई २५ हजार ५५१ नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजक डडेल्धुरा क्रिकेट संघले जनाएको छ।
खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकका लागि आयोजकले नै पोसाकको व्यवस्था पनि गर्ने जनाएको छ। खेल अमरगढी नगरपालिका वडा नम्बर ३ को रामलिला मैदानमा सञ्चालन हुनेछन्।
यस्तै प्रतियोगितामा टिम दर्ता शुल्क चर्को राखिएको भन्दै विरोध हुन थालेको छ। विजेतालाई ५१ हजार पुरस्कार राखिएकोमा दर्ता शुल्क मात्रै ४० हजार रहेको छ। दोस्रो हुने टिमलाई भने दर्ता शुल्कभन्दा १५ हजार कम अर्थात २५ हजार नगद पुरस्कार राखिएपछि सामाजिक सञ्जालमा विरोध हुन थालेको हो।
यस बिषयमा डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष उप्रेतीले भने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकका लागि आयोजकले नै पोसाकको व्यवस्था गर्ने भएकाले दर्ता शुल्क बढी राखिएको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।