डडेल्धुरा ः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तिव्र गतिमा अगाडी बढिरहँदा माधव कुमार नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादी पार्टी पत्यिाग गर्नेको लर्को लाग्न थालेको छ ।



यसै क्रममा उक्त पार्टीका सुदुरपश्चिम अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । शाहीले आफ्नो सामाजिक सञ्जालमा पार्टी पत्यिाग गरी आफु कुनै पनि दलसँग आवद्ध नरहेको घोषणा गर्नुभएको छ ।
पार्टी परित्याग सम्बन्धमा बिक्रम बहादुर शाहीले भन्नुभएको छ,
२०५४ सालमा बामदेब ले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ, भन्दै पार्टी बिभाजन गराय र थुप्रै मान्छे हरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि नर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो त्यस्को पछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले काग्रेस लगायत पश्चिमा पुजीवादीहरु को नै फाइदा पुर्याियो । त्यस बाफत पछुतो र आत्मग्लानी भयेको छ । बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थिए भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।

























