२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानलमा स्तरोन्नति

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यालनमा स्तरोन्नति गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले ओम्नी च्यानलमा स्तरोन्नति गरेको बैंकले जनाएको छ । अब एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।

हालका एनआईसी एशिया मोबाइल बैंक प्रयोगकर्ताहरूले वर्तमान नयाँ एपलाई अपडेट गरी ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्ने बैंकले जनाएको छ । नयाँ ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।
‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरल रूपमा उपभोग गर्न सक्ने र निकट भविष्यमा अझ बढी सेवाहरू यस एपमार्फत दिने तयारी गरिरहेको बैंकले जनाएको छ ।
स्तरोन्नति पश्चात् यस एपबाट नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्स चलाउन, स्किम ट्रान्सफर, लकर सुविधा लिने लगायत सेवाहरू प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।