२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सम्झौता हुदाहुदै किन अवरोध भयो डम्पिङ साइड ?

असार मसान्त सम्म डम्पिङ साइड सम्झौता नगरपालिका र जग्गा धनि संग भएको छ ।
डडेल्धुरा (दिपक राज भट्ट) , डडेल्धुराको अमरगढी नगरपालिकामा फोहर व्यवस्थापन विगत १० दिन देखि बाधा आएको छ कारण हो डम्पिङ साइडको अभाव ।
उग्रतारा मेलौली सडक खण्डमा रहेको डम्पिङ साइडमा अमरगढी नगरपालिकाले २०७९ असार सम्मका लागि सम्झौता गरेको थियो तर एकाएक अवरोध भयो, वजेट विनियोजनका लागि खिचातानि गर्ने जनप्रतिनिधिहरु नै रोक्न पर्ने चेतावनि दिईरहेका छन। अवरोध पछि जिल्ला प्रशासन कार्यालय र अमरगढी नगरपालिकाको कार्यालय मा वसेको सर्व पक्षिय वैठकमा समेत सो ठाँउमा फोहर फाल्न नदिने वार्ड नं ६ को अडान कायमै छ। फोहरको गाडि पठाए आगो लगाईदिने स्थानियले धम्कि पुर्ण अभिव्यक्ति दिएका छन् । एकातिर फोहर रोक्ने र अर्का तिर व्यवस्थापन गर्न नसकेको आरोप लगाउने कार्य नमगरपालिमा चलिरहेको छ ।
सरकारले स्थानिय तहको चुनाव बैशाख ३० गते निर्धारण गरे संगै राजनितिक दलका कार्यकर्ताहरुले एक पार्टिकोले अर्को पार्टिको लाई विवादमा ल्याउने गरेका छन् । २०७४ को प्रदेस र संघको निर्वाचनको पुर्व सन्ध्यामा पनि १५ बर्षको समझौता एकाएक ९ वर्ष मै तोडेर डम्पिङमा अवरोध गरेको नगरपालिकाले जानकारि दिएको छ ।
यस पटक पनि अमरगढी नगरपालिकामा पनि डम्पिङ साइडको सम्झौता हुदाहुदै पनि कार्यान्वयन गर्न नदिएको सुचना अधिकारी लाल वहादुर साँउदले वताए।

के भन्छन जग्गा धनी ?
हामी ले त भाडामा दिएका हौं, नगरपालिकाले व्यवस्थित गरेर फाल्दा हुन्छ, मैले रोजगारि पाए भनेर ईर्श्याले केही मान्छेले रोक्न खोजेको छ म गरिव देखेर हेप्न खोजियो जग्गा धनी सीता भाटले दुखेसो गरिन।

मेयर ओझा नेपाली काङग्रेसको गढ मानिने अमरगढी नगरपालिमा विजयी भएका थिए ।
ओझाले आफ्नो पाँच बर्षे कार्यकालमा डडेल्धुरा स्मार्ट सिटिको योजना लाई अगाडि बढाएका छन् । विभिन्न चरणमा स्मार्ट सिटिको जग वसाउने गरि विकासको सुरुवात भईरहेको छ, भने अन्य पुर्वाधारका कार्यहरुको थालनी समेत भएको छ । विगतको तुलनामा अमरगढी पार्क निमार्ण, कस्या टाकुरा, रावतोली गुफा, घटाल थान सुधार का कार्यहरु मा निकै परिर्वतन आएको छ स्पस्ट हेर्न सकिने नगरवाशि बताउछन् ।

डम्पिङ साइड निमार्णका लागि मुख्य चुनौती बन्यो जग्गा अभाव मेयर ओझा ः
अमरगढी नगरपालिकाको फोहर व्यवस्थानपन गर्नका लागि डम्पिङ साइड निमार्ण गर्न नगरपालिका संग बजेट भए पनि जग्गा अभावका कारणले फोहर व्यवस्थापन मुख्य चुनौती नै बनेको छ । हामीले अस्थायी प्रयोजनका लागि भाडामा व्यक्तिगत जमिन लिएर वयवस्थापन गरेका छौ तर यो दिगो भने छैन् । फोहर व्यवस्थापनका लागि उचित जमिनको आवश्यकता पर्ने भएकाले पटक पटक सार्वजनिक सुचना आव्हान गरेउ ४ वटा स्थानमा सहमति गरिसकेको भए पनि केहि व्यक्तिहरुले रोक्ने प्रपन्च गरेका कारण अन्यौलता रहेको मेयर ओझाको भनाई छ। यसका लागि सबैले वन समुह सार्वजनिक ऐलानि पर्ति जग्गामा सर्वपक्षिय सहमतिको खाचो रहेकाले समुन्वय गर्नु जरुरि छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।