२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

डडेल्धुराका नागरिक नेर्टवक खोज्न अग्लो स्थानमा धाउदै

डडेल्धुरा— डडेल्धुराका भागेश्वर गाउपालिका र पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्।
मोवाईमा कुरा गर्न उनीहरु अग्लो डाडा खोज्दै जानुपर्ने बाध्यता छ ।
पटकपटक सरोकारवालालाई समस्या दर्साउँदा पनि सामाधान नभएको स्थानीयवासीको गुनासो छ। वर्षौंदेखिको नेटवर्क समस्या यथावत रहेको पीडा उनीहरुसँग छ।
डडेल्धुराको पर्शुराम नगरपालिका ,भागेश्वर गाउपालिका र आलिताल गाउँपालिकाका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ। दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता रहेको पर्शुराम–२ का स्थानीयवासी राज बोहराले जानकारी दिए।
यस्तै भागेश्वर गाउपालिकाको लेकुडामा पनि मोवाईमा नेर्टवक खोज्नुका लागि अग्लो डाडा जानुपर्ने बाध्यता रहेको छ । उसो त यहा नेपाली सिम भन्दा पनि भारतीय सिमको नेर्टक राम्रो आउने गरेकोभागेश्वर १ का लोक बहादुर ठकुराठीले बताए ।
महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको उनको भनाइ छ।
सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युत्को सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ। एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौं हिंडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ।
सुगम स्थानमा दिनहुँजसो आफन्तसँग कुराकानी भइरहने भए पनि भित्री मधेसका ग्रामीण क्षेत्रका मानिस भने आफन्तसँग कुरा गर्न टावरको पर्खाइमा छन्।

भागेश्वरको तोली,लेकुडा , पर्शुरामका तोली, अन्तोली वसुन, बजाडी, जमरा, गोगन, सुर्खाल, पोख्ना सर्गै आलिताल गाउँपालिकाका दुर्गम बस्तीमा समेत नेटवर्क समस्या रहेको छ। भने जिल्लाका अन्य पालिकाका लेकाली बस्ती र टाढाका गाउँमा नेटवर्क समस्या वर्षौंदेखि यथावत रहेको छ। हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ। नेपाल टेलिभिजनको नेटवर्क त नजिककै गाउँमा पनि टिप्न मुस्किल हुन्छ ।

जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको सङ्ख्या कम हुनु र विस्तारमा ढिलासुस्तीका कारण दुर्गम गाउँका मानिसले प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयवासीकोे दाबी छ। महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरुले कर मात्रै तिर्नुपरेको भित्री मधेश मलास क्षेत्रका युवा प्रमोद बोहराले बताए।

नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित रहेका छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा समस्या भोगिरहेका स्थानीयवासी चूडामणि पनेरुले बताए। दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहुँचमा नपुग्नाले धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने उनको भनाइ छ।

स्थानीय निर्वाचनमा पनि दुर्गम बस्तीमा टावर र वाइफाइको सुविधा पुर्‍याउने जनप्रतिनिधिलाई सहयोग गर्ने स्थानीयवासीको भनाइ छ। हामी सामान्य सूचनाको पहँुचबाट पनि टाढा भएका छौँ। यसपालि स्थानीय तहको निर्वाचनमा सो सुविधा पु¥याउन सक्ने जनप्रतिनिधिलाई छान्ने यहाँको युवाको दाबी छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।