२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

देउवा–मोदी भेटवार्ता शनिबार

नयाँ दिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि गर्ने तीनदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत भ्रमण तालिका सार्वजनिक गरेका हुन् । तालिकाअनुसार देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने पनि कार्यक्रम छ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग पनि उनको भेटवार्ता हुनेछ । मोदीले देउवाको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यापारी नेताहरूको भेलालाई सम्बोधन पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवाले आइतबार काठमाडौं फर्कनुअघि बनारसको पनि भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको निमन्त्रणामा भ्रमण गर्न लागेका हुन् । भ्रमणमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवा पनि सँगै हुनेछिन् । देउवाको टोलीमा परराष्ट्रमन्त्री नारायण खड्काका साथै अन्य मन्त्री, सचिवलगायत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोली कति सदस्यीय हुने, को–को हुने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए ।

देउवाको भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको विदेश मन्त्रालयले भारत र नेपालबीच सदियौं पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको उल्लेख गरेको छ । ‘पछिल्ला वर्षमा साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि गरेको छ । आगामी भ्रमणले दुई देशका जनताको हितका लागि दुईपक्षीय सहकार्यको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री देउवाले मोदीको गृहराज्य गुजरातमा गत पुसमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ कै अवसरमा भारत भ्रमण गर्ने तय भएकामा कोरोना भाइरसको संक्रमण बढेकाले स्थगन गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।