१। मेष — जन्मको समयमा तपाईको नाम अश्विनी,भरणी र कृत्तिका नक्षत्रको एकपाउ अर्थात ९चू चे चो ला ली लू ले लो अ० यी नौ वटा अक्षरबाट आएको छ भने तपाई मेष राशिको पर्नुहुनेछ ।



यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु मेष राशिमा पर्दछन् । मेष राशिको स्वामी मंगल ९भौम० ग्रह हो ।
२। वृष — जन्मको समयमा तपाईको नाम कृत्तिकाको बाँकी तीन पाउ रोहिणी,मृगशिराको दुई पाउ अर्थात ९ई ऊ ए ओ बा बी बू बे बो० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई वृष राशिको पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु वृष राशिमा पर्दछन् । वृष राशिको स्वामी शुक्र ग्रह हो ।
३। मिथुन — जन्मको समयमा तपाईको नाम बाँकी मृगशिराको दुई पाउ,आर्दा र पुनर्वसुको तीन पाउ अर्थात ९का की कू घ ङ छ के को हा० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई मिथुन राशिको पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु मिथुन राशिमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।
४। कर्कट — जन्मको समयमा तपाईको नाम पुनर्वशुको बाँकी एक पाउ,तिष्य,अश्लेषा अर्थात ९ही हू हे हो डा डी डु डे डो० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई कर्कट राशिको पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु कर्कट राशिमा पर्दछन् । कर्कट राशिका स्वामी चन्द्रमा हुन् ।
५। सिंह — जन्मको समयमा तपाईको नाम मेघा, पुर्वफाल्गुनी र उत्तराफाल्गुनीको एक पाउ अर्थात ९मा मी मू मे मो टा टी टू टे० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई सिंह राशिको पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सवै व्यक्ति,प्राणीहरु तथा ठाउँहरु सिंह राशिमा पर्दछन् । सिंह राशिका स्वामी सुर्य ग्रह हुन् ।
६। कन्या — जन्मको समयमा तपाईको नाम उत्तरफाल्गुनीको बाँकि तीन पाउ,हस्ता र चित्रा नक्षत्रको दुई पाउ अर्थात ९टो पा पी पू ष ण ठ पे पो० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई कन्या राशिमा पर्नुहुनेछ
। यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु सबै एकै कन्या राशि भित्र पर्दछन् । बुध ग्रह कन्या राशिका स्वामी हुन् ।
७। तुला — जन्मको समयमा तपाईको नाम चित्रा नक्षत्रका बाँकि दुई पाउ,स्वाती, विशाखाको तीन पाउ अर्थात ९रा री रू रे रो ता ती तू ते० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई तुला राशिमा पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै तुला राशिमा पर्दछन् । तुला राशिका स्वामी शुक्र ग्रह हुन् ।
८। वृश्चिक —जन्मको समयमा तपाईको नाम बाँकी बिशाखाको एक पाउ,अनुराधा र ज्येष्ठा अर्थात ९तो ना नी नू ने नो या यी यू० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई वृश्चिक राशिमा पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु वृश्चिक राशि भित्र पर्दछन् । वृश्चिक राशिका स्वामी मंगल ९भौम० ग्रह हुन् ।
९। धनु —जन्मको समयमा तपाईको नाम मूल, पूर्वषाढा, उत्तरषाढाको एक पाउ अर्थात ९ये यो भा भी भू धा फा ढा भे० यी नौ वटा अक्षरबाट आएको छ भने तपाई धनु राशिमा पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु धनु राशिमा पर्दछन् । धनु राशिका स्वामी बृहस्पती ग्रह हुन् ।
१०। मकर — जन्मको समयमा तपाईको नाम उत्तरषाढाको बाँकी तीन पाउ श्रवण र धनिष्ठाको दुई पाउ अर्थात ९भो जा जी खी खू खे खो गा गी० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई मकर राशिमा पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै मकर राशिमा पर्दछन् । मकर राशिको स्वामी शनिश्चर ग्रह हो ।
११। कुम्भ — जन्मको समयमा तपाईको नाम बाँकी धनिष्ठा नक्षत्रका दुई पाउ,शतभिषा र पुर्वभाद्रपदाका तीन पाउ अर्थात ९गू गे गो सा सी सू से सो दा० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई कुम्भ राशिमा पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु कुम्भ राशि भित्र पर्दछन् । कुम्भ राशिका स्वामी पनि शनि ग्रह नै हो ।
१२। मीन — जन्मको समयमा तपाईको नाम पूर्वभाद्रपदा नक्षत्रको बाँकी एक पाउ,उत्तराभाद्रपदा र रेवती अर्थात ९दी दू थ झ ञ दे दो चा ची० यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई धनु राशिमा पर्नुहुनेछ ।
यी नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु मीन राशिमा पर्दछन् । मीन राशिका स्वामी बृहस्पती ग्रह हुन् ।

























