२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

मंगलबारबाट निषेधाज्ञा खुकुलो: निजी सवारी र पसल कहाँ कहाँ कसरी सञ्चालन हुदै छन् ?

काठमाडौं: काठमाडाैं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका ट्याक्सीसहितका निजी सवारी साधनलाई जोर-विजोर प्रणालीमा चल्ने दिइनेछ। जोर नम्बरका सवारी जोर गते र विजोर नम्बरका सवारी विजोर गते चल्न दिइनेछ।

यस्तै, पलहरू बार अनुसार चलाउने निर्णय गरिएको छ। अधिकारीका अनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइनेछ।

यसैगरी, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी र टेलरिङ पसल खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

निर्माणजन्य सामग्रीका पसलहरू हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने। खाद्यान्न, दूध, किताब, फलफुल र माछामासुका पसलहरू बिहान ११ बजेसम्मखोल्न दिइनेछ। उनका अनुसार रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

हार्डवेयर पसल दैनिक खुल्ने, अन्य व्यवसायलाई बार तोकियो

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।

त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् । बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।

‘स्मार्ट लकडाउन ?’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने भनिएको थियो ।

यस सम्बन्धी प्रावधानको खाका सीसीएमसीले गृहसहितका मन्त्रालयहरुलाई दिएको थियो । मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’कै मोडल अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।