२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थप

डडेल्धुरा- कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थपिएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

प्रशासनले जिल्लामा यो छैटौ पटक निषेधाज्ञा थपेको हो। खुकुलो पार्दै असार ८ देखि १५ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए। अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए। यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ।

अब बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछन्। स्वास्थ्य मापदण्डको पालना गर्दै आर्थिक गतिविधि अगाडी बढाउन फेन्सि, फर्निचर, भाँडा वर्तन पसललगाएत अन्य पसलहरू साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि दिउँसो २ बजेदेखि सञ्चालन गर्न पाइनेछ।

साथै सो समयमा होटल र रेस्टुरेन्ट ‘टेकअवे’ सेवा दिन सक्ने छन् र मदिरा पसल अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।