२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

लकडाउनको बिचमै कञ्चनपुरमा ३२ लाख बढी राजस्व संकलन

 कञ्चनपुरमा निषेधाज्ञा (लकडाउन)को समयमा ३२ लाख बढी राजस्व संकलन भएको छ । निषेधाज्ञामा राजस्व छलेर अवैद सामान ल्याउने, निषेधाज्ञाको समयमा मास्क नलगाउने र निषेधाज्ञाको उल्ङ्घन गरेर सवारी साधन चलाउनेबाट जिल्लामा ३२ लाख भन्दा बढी राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले जानकारी दिए ।

“निषेधआज्ञाको समयमा नेपाल सरकारबाट जारी भएको अध्यादेशको आधारमा तोकिएको जरिमाना अनुसार निषेधाज्ञाको समयमा मास्क नलगाई हिड्ने ४ सय ४६ जनाबाट ३७ हजार ५० रुपैया राजस्व संकलन गरिएको छ ।” डिएसपी थापाले भने, “यसैगरी निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्ङ्घन गर्ने ठूला तथा साना सवारी साधनबाट १ लाख ६ हजार ७ सय रुपैया राजस्व हालसम्म संकलन भएको अवस्था छ ।”

उनका अनुसार निषेधाज्ञाको समयमा भन्सार छलेर अवैद सामान ल्याउने व्यक्तिहरुबाट समेत ३१ लख २५ हजार ५ सय ३१ रुपैया राजस्व हालसम्म संकलन भएको छ । यो सबै गरेर हालसम्मको राजस्व संकलन हेर्दा ३२ लाख ६९ हजार २ सय ८१ रुपैया राजस्व संकलन भएको उनले बताए । यो सँगै प्रहरीले गोप्य सूचनाको आधारमा निषेधाज्ञाको समयमा ३४०.४१ क्यूफिट काठ पनि बरामत गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।