२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

महिलाबाट एकैपटक १० शिशुको जन्म

एजेन्सी- दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ७ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व किर्तिमान हो ।

यसअघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो । उनले गर्भमा बच्चा रहँदा निकै सास्ती पाएको जनाएकी छिन् । कतिपय राति निदाउन नसकेको बताएकी छिन् । यसअघि उनको गर्भमा ८ वटा शिशु रहेको भनिएको थियो ।

गिनिज वल्ड रेकर्डले यसबारे अध्ययन गरिरहेको जनाएको छ । यसअघि एकैपटक ८ शिशुलाई अमेरिकामा एकजना महिलाले जन्म दिएकी थिइन् । गत महिना मालीकी २५ वर्षीया हलिमा सिसेले ९ शिशुलाई जन्म दिएकी थिइन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।