२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

अत्तरियाको सेभ हाउसलाई निर्माण सामग्री हस्तान्तरण

धनगढी – कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ३ अत्तरियामा रहेको सेभ हाउस निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण गरिएको छ । इजरायल निवासी सिमा श्रेष्ठको आर्थिक अभियानबाट प्राप्त भएको करिब ७५ हजार बराबरको निर्माण सामग्री बोलन्या थली मार्फत हस्तान्तरण गरिएको हो ।

आइतबार गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहन बहादुर खत्रीको रोहोवरमा थलीका तर्फबाट सविता ऐरले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई सो सामाग्री हस्तान्तरण गरेकी हुन् । अहिलेको यो समयमा पनि सेभ हाउस निर्माणका लागि विदेशमा रहेका सहयोगी दाताहरुलाई सेभ हाउसकी अध्यक्ष मलासीले आभार व्यक्त गरिन् ।

अझै पनि सेभ हाउस निर्माणका लागि बिभिन्न सहयोगी दाताहरुबाट सहयोग जुट्ने काम भईरहेको भन्दै छिट्टै सेभ हाउसको भवन निमार्ण समपन्न हुने उनले बताईन् । अहिले सो सेभ हाउसमा ५० जना बेसहारा बालबालिकाका रहेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।