२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

स्वदेशमा खान लाउन समस्या भएपछी छाकटार्न फेरी भारत

धनगढी- कोरोनाको दोस्रो लहरमा स्वदेश फर्किएका सुदूरपश्चिमेली फेरि महामारीकै बिच भारत पस्न बाध्य भएका छन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमण र मृत्युदर बढ्न थालेपछि स्वदेश भित्रीएका सुदूरपश्चिमेलीहरु निषेधाज्ञाकै बिच पुनः भारत जान लागेका हुन् । भारतमा गएका नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएका थिए । अहिले उनीहरु सिमानाका गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक सयौंको संख्यामा भारत गइरहेका छन् । स्वदेशमा रोजगारीका कुनै अवसर नभएकपछि फेरि माहामारीकै बिचमा कामको खोजीमा भारत पस्नुपरेको उनिहरुको दुखेसो छ ।

कैलालीको जोशीपुर गाउँपालिका ७ का पदम राज अवस्थी काधंमा झोला बोक्दै गौरीफन्टा नाकामा लाईनमा उभिरहेका थिए । बाँया काधंमा एक हातले झोला समात्दै लाईनमा उभिएका उनी भारत जान हतार हतारमा थिए । हामीले उनलाई सोध्यौँ अहिले कोरोना माहामारी चलिरहेको छ । निषेधाज्ञा छ, भारतमा कोरोना संक्रमण बढीरहेको छ, मृत्युदर बढेको छ । यस्तो अवस्थामा अहिले किन भारत जाँदै हुनुहुन्छ ? उनको एउटै जवाफ थियो, गरीबीका कारण जाँदै छौँ हजुर, खानलाई पुग्दैन यहाँ के गर्ने, उनले भने ।

हामीले फेरी सोध्यौँ, सरकारले रोजगारीका गुमाएकालाई स्वरोजगार बनाउने भनेको थियो त, केही गरेनन् उनले फेरी भने, सरकारले रोजगारी दिए त दोस्रो ठाउँ किन जानुपर्ने, दिए त यतै काम गथ्र्यौँ नि, अहिले कोरोनाकै माहामारीकै बिच जानुपर्ने बाध्यता भयो, उनले भने । उनि त एक प्रतिनिधि मात्रै हुन् ।

उनिजस्तै हजारौ नागरिक अहिले कोरोनाकै बिचमा भारत जानुपरेको छ । कैलालीकै  गोदावरी नगरपालीका वडा नम्बर ७ का चन्द्र बहादुर बिष्टले पनि  आफ्नै देशमा काम गर्ने रहर हुँदा हुँदै पनि यहाँ कुनै रोजगारीका अवसर नपाएपछि भारतमै जानुपरेको बताए ।

“बाध्यता भएर नै काम खोज्दै भारत जानलागेको हुँ उनले भने, घरमा लाउनखान, बालबच्चालाई पढाउन र घरको रिण तिर्न त पर्यो नि ।”

सरकारले स्वदेशमै रोजगारीका अवसर प्रदान गर्न सके बाहिर जानुपर्ने बाध्यता हट्ने उनको भनाई छ । चैत देखि जेठ महिनाको हालसम्म ५३ हजार ३ जना बढी गौरीफन्टा नाका भएर स्वदेश भित्रीएकोमा यही अवधिसम्म १८ हजार ७ सय ७२ जना भन्दा बढी पुनः भारत गएका छन् । त्रिनगरनाका हेल्थ डेक्सका इन्र्चाज गणेश बम साउँदका अनुसार चैत महिनामा ९ हजार ९० जना, बैसाखमा ३ हजार ९ सय ९३ जना र जेठको हालसम्म ५ हजार ६ सय ८९ जना गरी १८ हजार ७ सय ७२ जना भारत गएका छन् ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।