बडीकेदार- बडीकेदार गाउँपालिकाका कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।
गाउँपालिकाको–२ मुलिचौरका ५९ वर्षीय पुरुषको आफ्नै घरमा निधन भएको हो । संक्रमितको मृत्यु बिहिबार भए पनि उनमा शुक्रबार मात्रै कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिए पनि उनि अस्पताल गएका थिएन् । मृतक संक्रमितको आफन्तले कोरोना रिपोर्ट आउनु अघि नै दाहसंस्कार गरेका थिए ।
Views: 447




























