कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका – १ भाँसीबाट म१प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका – १ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल पक्राउ परेका प्रहरीले बताएको छ।



उनीहरुको साथमा ५.०५ ग्राम खैरो हिरोइन फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Views: 162

























