२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कोरोना संक्रमण कम गर्न साँफेबगर नगरपालिकाको सचेतना

अछाम- अछामको साँफेबगर नगरपालिकाले कोरोनाको सक्रमण कम गर्नका लागी सचेतना कार्यक्रम गर्दे आएको छ । संक्रमण भएर उपचार गर्नु भन्दा सक्रमण नै हुन नदिन नगरपालिकाले नागरिकलाई सचेत बनाउन तर्फ लागेको छ ।

कोरोना परिक्षणका लागी स्बाब दिएका र होम आईशोलेशनमा बसेकाहरु जथाभावी हिडडुल गर्न थालेपछि नगरपालिकाले सचेतनाको कार्यक्रम गर्दे आएको हो ।

समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले प्रत्येक वडामा पुगेर स्वाब संकलन गर्नुका साथै स्थानीयहरुलाई कोरोनाबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउदै आएको छ ।

गाउबस्तीमा कोरोना संक्रमणको अवस्था बुझ्न नगरपालिकाका प्रमुख कुल बहादुर कुँवर सहित स्वास्थ्य र सुरक्षाकर्मीको टोली अहिले गाउँ गाउँँमा पुग्ने गरेको छ । 
कोरोना संक्रमण कम गर्ने उदेश्यका साथ वडामा पुगेर स्वाब संकलनसगै कोरोनाबाट बच्ने उपाय र स्वास्थ्य चौकीमा औषधीको उपलब्धताको बारे जानकारी दिने काम भईरहेको छ । 

अछाममा कोरोनाको दोस्रो लहरमा २ हजार २ सय ९१ सक्रमितको सख्या पुगेको छ भने १८ जनाको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।