काठमाडौं- नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई धन्यवाद दिएका छन।



नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि देउवाले शुक्रवार ट्वीट गर्दै राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका हुन्।
उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन्।
अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ। नेपालले कति खोप पाउँछ भन्ने यकिन भने भएको छैन।
Views: 192

























