सत्ताको तिम्रो यो मोहले दिनप्रतीदिन बिग्रीदैं छ देशको स्थीती !
असह्य प्ररिस्थितिले अब टुट्दैं छ धैर्य र वदलिदै छ मनस्थिती !!



स्वाभिमानको आड्मा नलगाउ अस्तित्वलाई दाँउमा !
तिम्रो यो दाँउ र नितिमा छ हामी सबैको आपत्ति !!
गर यस्तो कुनै सहमति, होस् जसमा देशको उन्नति !
बनाउ कुनै यस्तो रणनिति, याद गरुन तिमीलाई भावी सन्तति !!
सक्दैनौ भने समयमै त्याती देउ यो स्वार्थ र पक्षपातको राजनिति !
घमण्ड र जिद्धको राजनिती , आंतक र कंलकको राजनिति !!
मरेर के लानु छ र समयमै सम्झ अग्रजको त्यो अर्ति !
डर त्रिमुर्तीको इन्साफबाट , आर्यघाटमा त्यो दिन कस्तो होला दुर्गती !!
अनुभुती त हो यो सम्पुर्ण बिवश लाचार नेपालीको !
कागजमा मात्रै पंक्ति कोर्दैछन् डाक्टर ओम पुर्ति !!
डाक्टर ओम पुर्ति अनिल
“एक नेपाली नागरिक”
Views: 182

























