२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

दु:खमा मलम र साहास दिदै अमरगढीका मेयर विपिन ओझा

काठमाडौं । अहिले देश कोभिडसँग जुधिरहेको छ । देशका लगभग सबै गाउँमा कोभिड संक्रमण छिरेको छ ।

यस्तो बेलामा नागरिकको ज्यान बचाउनु पहिलो दायित्व बनेको छ । जसको सबैभन्दा बढी दवावमा स्थानीय तहका जनप्रतिनिधि परेका छन् । किनकि नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार नै हो ।

यस्तो बेलेमा जन प्रतिनिधिले के मात्रै गर्ने रु भन्ने धेरैको प्रश्न छ । तर डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझा विपिन जनप्रतिनिधिले के मात्रै नगर्ने भन्ने उदाहरण बन्नुभएको छ ।

सरकारी सुविधाकै भए पनि नगरपालिकाको अफिसियल जिपलाई पहिलोपटक एम्बुलेन्समा रुपान्तरण गरेर उहाँ चर्चामा आउनुभएको थियो । उहाँको त्यो काम चर्चामा आउनको लागि थिएन, नगरपालिकाको एउटा पनि एम्बुलेन्स नभएको अवस्थामा नागरिकलाई सेवा दिन यस्तो निर्णय गर्नुपरेको थियो ।

उहाँले नगरपालिकाको जिपलाई एम्बुलेन्स बनाएपछि धेरै स्थानीय तहले आफ्ना गाडीलाई एम्बुलेन्स बनाउने तथा बिरामी बोक्ने काममा प्रयोग गराएका छन् । कतिपय स्थानीय तहमा अन्य एम्बुलेन्स हुँदा हुँदै जनप्रतिनिधिले चर्चामा आउनकै लागि आफू चढ्ने गाडी बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेका भए पनि उहाँहरुको यो कार्यले बिरामीलाई केही सहज भएको छ ।

कोभिड नियन्त्रण तथा रोकथामको लागि निरन्तरको प्रयासले उहाँ नागरिकको बीचमा प्रिय जनप्रतिनिधिको रुपमा स्थापित भइरहनुभयो । देशभरि अक्सिजन सिलिण्डरको अभाव हुँदा पनि उहाँले डडेल्धुरा जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन दिनुभएन । नेपालगञ्जदेखि अक्सिजन लगेर भए पनि संक्रमितको उपचारको लागि मेयर ओझा लागि रहनुभयो ।

उहाँ कोभिड संक्रमितको उपचारको व्यवस्थापनमा मात्र जुट्नु भएको छैन, नागरिकलाई जहाँ समस्या पर्छ त्यहीँ सबै खालका सहयोगमा जुट्नु भएको छ ।

सोमबार त्यस्तै भयो । एकजना गर्भवती महिलाको तत्काल सल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने अवस्था आयो । उहाँलाई रगत चाहियो । कोभिड महामारीको कारण रगत संकलन नहुँदा ब्लड बैँकमा रगत सकिएको थियो ।

तत्काल रगत दिने मान्छे कहाँबाट खोज्ने रु मेयर ओझा आफै रगत दिन तयार हुनुभयो । संयोग रगतको समूह पनि मिल्यो । ‘उहाँलाई दुई पौण्ड रगत चाहिएको थियो, म र अर्को एकजना भाइले रगत दियौँ, उहाँको हामीले रगत दिएको एक घण्टा भित्र अप्रेसन भएर बच्चा जन्मियो, खुसी लागेको छ’, ओझाले भन्नुभयो ।

नगरप्रमुख ओझा नागरिकको सेवामा निरन्तर लागि रहनुभएको छ । सहयोग जुटाउनको लागि सरोकारवाला निकायमा दौडल्धुप गरिरहनु भएको छ । परिणाम स्वरुप डडेल्धुराको स्वास्थ्य क्षेत्रले फड्को मार्दै छ ।

डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको लागि केन्द्र सरकारले बजेट स्वीकृत गरिसकेको छ । त्यस्तै आईसीयू, भेण्टिलेटर लगायतका उपकरणको लागि पनि सहयोग जुटाउनुभएको छ ।

ओझाले भन्नुभयो– ‘अक्सिजन प्लान्टको लागि ४ करोड स्वीकृत भएको छ, आइसीयू, भेण्टिलेटर, अक्सिजन ट्यांंकर लगायतका सामाग्रीको लागि ६ करोड ८० लाख रुपैँया, एच्डीयूको लागि ३ करोड १२ लाख, सबै गरेर १३ करोड ९२ लाख रुपैँया स्वीकृत भएको छ, यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन पाए हुन्थ्यो ।’

कोभिड आफैँमा संकट हो तर, यो संकटले काम गर्न चाहने जनप्रतिनिधिलाई काम गर्ने अवसर पनि दिएको छ । अन्य जनप्रतिनिधिले पनि यो अवसरको किन उपयोग नगर्ने रु यही बेलामा स्वास्थ्य क्षेत्रको दीगो संरचना बनाउन किन नलाग्ने रु

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।