डडेल्धुरा २८ वैसाख, डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कोभिडको संक्रमण बढ्यो । जनताकाे सेवा गर्ने भन्दै मेयर,उपमेयर चढ्ने गाडि बिरामी ओसार्नलाई नगरपालिकाले एम्बुलेन्स बनाउने घाेसणा गर्याे। जनताकाे सेवाका लागि तत्काल एम्बुलेन्स खरिद गर्न बजेटको अभाव । त्यस माथि प्रक्रिया पूरा हुँदा ढिला हुने । त्यतिबेलासम्म बिरामीको अस्पतालमा पुर्याउन नसकेर ज्यान जाने अवस्था आउला जस्तो मेयरले महसुस गर्नु भयाे ।



मेयरकाे मनमा नयाँ उपाय आयाे। त्यस पछि नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले उपाय निकाल्नु भयो, ‘आफूसँग भएकै स्रोत र सामाग्रीको प्रयोग गर्ने ।’ उपाय सुझियो नगरपालिकासँग भएको अफिसियल जिपलाई एम्बुलेन्स बनाउने । नगरपालिकाका दुईवटा मध्ये एउटा जिपलाई एम्बुलेन्स बनाउने निर्णय भयो । अफिसियल गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्ने अमरगढी सम्भवतः कोभिडको दोस्रो लहरमा देशकै पहिलो स्थानीय तह बन्यो ।
अफिसियल गाडीलाई एम्बुलेन्स बनाउन केही परिवर्तन गर्नुपर्यो । बस्ने सिट हटाएर बिरामी सुत्ने सिट बनाइयो । अक्सिजन राख्ने ठाउँ पनि बनाइयो । अफिसिय जिप अब एम्बुलेन्समा परिणत भयो । ‘हाम्रो एम्बुलेन्स त तयार भएर गुड्न पनि लागि सक्यो, केही दिन बाट त बिरामी नै बोक्न लाग्यो’, नगरप्रमुख ओझाले भन्नुभयो । हुन त अमरगढीले खासै नयाँ काम गरेको होइन । सोच मात्रै नयाँ ल्याएको हो । नगर प्रमुख वा उपप्रमुखले आफ्नो सम्पत्ति हाल्नु भएको पनि होइन ।
राज्यको सम्पत्ति जनाताको लागि प्रयोगमा ल्याउनुभएको हो । उहाँहरुले आफूले प्रयोग गर्दै आएको सुविधा संकटको बेलामा जनताको लागि प्रयोग मात्र गर्नुभएको हो । तर यसले देश भरि नै एउटा तरंग ल्यायो । अमरगढीको निर्णय पछि अन्य स्थानीय तहले पनि धमाधम पालिका प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएका साधन नागरिकको उद्धार र उपचारमा ल्याउन लैजान प्रयोग गर्ने निर्णय गरे ।
अहिले अमरगढीकाे एम्वुलेन्स सेवा निकै प्रभावकारि वनिरहेकाे छ। दिनरात नभनि जन्ताकाे सेवामा एम्वुलेन्स दाैडरहदा जन्ताले मेयरकाे साेचकाे प्रशंसा गरि रहेका छन। अहिले देशमा दर्जनभन्दा बढी पालिकाले पालिका प्रमुख तथा उपप्रमुखले प्रयोग गर्ने गाडी बिरामी बोक्न प्रयोग गर्न थालेका छन् । जसबाट बिरामीलाई निक्कै सहज भएको छ । यसबाट स्थानीय सरकार र जनप्रतिनिधि प्रतिको नागरिक सम्मान अझ बढेको छ ।

























