कञ्चनपुर- धनगढीवाट महेन्द्रनगर तर्फ जादैं गरेको ना ४ ख १७६४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको म ३ प १४८० नं को मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–११ वनहरा जङ्गलमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार भिनपा–४ का २४ वर्षीय दिनेश दमाई र २७ वर्षीय प्रकाश दमाईको मृत्यु भएको जानकारी दिए।
घाइतेको उपचारका लागि महाकाली अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनापछि फरार रहेका बसका चालक वेदकोट नगरपालिका घर भएका माधव सिंह गडाल र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।
Views: 299

























