२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

किन बुझ्न छाडेउ हिन्दु ग्रन्थहरूको ज्ञान सार : प्रबिन भट्ट

१. ईश्वर – ब्रह्म -परमात्मा, परमेश्वर) एउटै छ जसलाई कसैले सगुण -साकार) त कसैले निर्गुण -निराकार) मान्छन् । जब कि ऊ अजन्मा एवं अप्रकट छ । उसको न कोही पितामाता छन् न त कुनै पुत्र छन् ।

ऊ कसैको भाग्य वा कर्मलाई नियन्त्रित गर्दैन । न त कसैलाई दण्ड वा पुरस्कार नै दिन्छ । उसको न कुनै प्रारम्भ छ न त कुनै अन्त । ऊ अनादि एवं अनन्त छ । उसको उपस्थिति मात्रले नै सम्पूर्ण ब्रह्माण्ड चलायमान छ । जे जति छ सम्पूर्ण उसैबाट उत्पन्न भएर उसैमा लीन हुन्छन् । ब्रह्मलीन ।

२. ब्रह्माण्ड यो देखिने संसार फैलँदै गइरहेको छ र अर्कोतर्फबाट यो खुम्चँदै पनि गइरहेको छ । खरबौँ सूर्य, तारा एव. धर्तीको जन्म छ भने साथमा अन्त्य पनि । जो जन्मिन्छ त्यो मर्छ ।

सम्पूर्ण उही ब्रह्मबाट जन्मन्छन् भने उसैमा लीन पनि हुन्छन् । ब्रह्माण्ड परिवर्तनशील छ । यो ब्रह्माण्डको सञ्चालन उसकै शक्तिका कारण स्वतः भइरहन्छ । जसरी सूर्यको आकर्षण शक्तिका कारण पृथ्वी आप\नो कक्षमा अडिएर चलायमान छ । त्यसैगरी लाखौँ सूर्य एवं तारा एउटा महासूर्यको आकर्षणका कारण अडिएर सञ्चालित भइरहन्छन् । त्यसरी नै लाखौं महासूर्य पनि एउटा ब्रह्माको शक्तिका कारण ब्रह्माण्डमा विद्यमान छन् ।

३. आत्मा आत्माको स्वरूप ब्रह्म -परमात्मा) कै जस्तो छ । जसरी सूर्य र बत्तीमा फरक छ त्यही फरक आत्मा र परमात्माका बीच रहेको छ । आत्मा शरीरमा रहेकै कारण शरीर सञ्चालन भइरहेको छ । जसरी सम्पूर्ण ब्रह्माण्ड, सूर्य, ग्रह, नक्षत्र आदि परमात्माको उपस्थितिका कारण सञ्चालित भइरहेका छन् । आत्मा न जन्मन्छ न त मर्छ ।

आत्माले एउटा शरीर छाडेर अर्को शरीर धारण गर्छ । आत्मा अजर एवं अमर छ । आत्मालाई प्रकृतिप्रदत्त तीन शरीर प्राप्त हुन्छन्- स्थूल, सूक्ष्म र कारण शरीर । हामीले देख्ने शरीर स्थूल शरीर हो । सूक्ष्म शरीर ध्यानमा पारंगत भइसकेका योगीहरूले मात्र देख्न सक्छन् । कारण शरीरलाई भने देख्न अत्यन्त मुस्किल छ । उक्त शरीरलाई त्यही आत्माले मात्र महसुस गर्न सक्छ जो उक्त शरीरमा रहेको हुन्छ । सम्पूर्ण प्राणी बाहिरी रूपमा वा स्थूल शरीरका कारण, नामभेदका कारण फरक देखा परे पनि आत्माका रूपमा एउटै हुन् । भित्री स्वरूप सबैको एउटै हुन्छ ।

४. स्वर्ग तथा नर्क वेदका अनुसार पुराणमा वणिर्त स्वर्ग वा नर्कलाई गतिका नामले बुभ\न सकिन्छ । सवर्ग र नर्क दुई फरक गति हुन् । आत्माले जब शरीर त्याग गर्छ, मुख्य रूपमा उसको दुई गति हुन्छ – गति र अगति । क) गति गतिमा जीवलाई कुनै अन्य लोकमा जानुपर्छ वा उ;mे आफ्नो कर्मका कारण मोक्ष पनि प्राप्त गर्नसक्छ । गति ४ प्रकारका छन् अर्थात् यसमा ४ वटा लोक पर्छन्ः अ) ब्रह्मलोक आ) देवलोक इ) पितृलोक र ई) नर्कलोक जीव आफूले गरेको कर्मअनुसार यी ४ लोकमध्ये कुनै एकमा पुग्छ । ख) अगति अगतिमा व्यक्तिलाई मोक्ष मिल्दैन अर्थात् उसले फेरि जन्म लिनुपर्ने हुन्छ ।

अगति पनि ४ प्रकारका छन् ः अ) क्षिणोदर्क आ) भूमोदर्क इ) अगति र ई) दुर्गति क्षिणेदर्कमा जीव पुनः पुण्यात्माका रूपमा मत्र्यलोकमा जन्म लिन्छ । उसको जीवन सन्तजस्तो हुन्छ । भूमोदर्कमा उसले सुखी एवं सम्पन्नशाली जीवन प्राप्त गर्दछ । अगतिमा नीच अर्थात् पशु योनिमा जन्मन्छ भने दुर्गतिमा परेको जीव कीरा, फट्याङ्ग्राको जुनीमा पुग्छ । यात्राका तीन मार्ग जब कुनै मानिस मर्छ वा आत्माले शरीर त्यागेर यात्रा प्रारम्भ गर्छ, त्यतिबेला उसलाई तीनवटा बाटो फेला पर्छ । आत्मा कुन मार्गमा अघि बढ्छ भन्ने कुरा उसको कर्ममाथि निर्भर हुन्छ । यी तीन मार्ग हुन्- अर्चि मार्ग, धूम मार्ग एवं उत्पत्ति-विनाश मार्ग । अर्चि मार्ग भएर ब्रह्मलोक तथा देवलोक पुगिन्छ । धूममार्गको यात्रामा पितृलोक पुगिन्छ भने उत्पत्ति-विनाशको मार्गबाट नर्क पुगिन्छ ।

५. धर्म एवं मोक्ष यम एवं नियमको अर्थ बुझेर त्यसलाई पालन गर्नु नै धर्म हो । नियम नै धर्म हो । धर्म, अर्थ, काम एवं मोक्षमध्ये मानिसको अन्तिम लक्ष्य हो – मोक्ष । हिन्दू धर्मले मानिसलाई मोक्ष मार्गमा लाग्न निर्देश गरेको छ । मोक्ष के हो त ? स्थितप्रज्ञ आत्मालाई मोक्ष प्राप्त हुन्छ । आत्मा शरीर होइन भन्ने सत्यलाई अनुभव गरेर अशरीरी भइसकेपछि स्वयंको अस्तित्वबोध हुनुलाई मोक्षमार्गको प्रथम सिँढी मानिन्छ ।

६. व्रत तथा पर्व हिन्दू धर्मका सबै व्रत तथा पर्व वा तीर्थ मोक्ष प्राप्तिकै उद्देश्यले निर्माण भएका हुन् । मोक्ष तब मात्र मिल्छ जब कुनै व्यक्तिले स्वस्थ एवं प्रसन्न भएर सुखपूर्ण जीवन व्यतीत गर्छ । व्रतले शरीर तथा मन स्वस्थ राख्छ । पर्वले मन प्रसन्न पार्छ भने तीर्थले मनमस्तिष्कमा वैराग्य तथा अध्यात्मको जन्म हुन्छ । मौसम तथा ग्रहनक्षत्रका गतिलाई ध्यानमा राखेर बनाइएका व्रत तथा पर्वको महत्व पनि बढी नै हुन्छ ।

चतुर्थी, एकादशी, प्रदोष, औंसी, पूणिर्मा, साउन महिना तथा कात्तिक महिनाको व्रत बस्नु उत्तम मानिन्छ । यी सबै व्रत नसके पूरै साउन महिनाको व्रत गर्दा पनि हुन्छ । पर्वहरूमा माघे संक्रान्ति, महाशिवरात्रि, नवरात्रि, रामनवमी, कृष्णजन्माष्टमी एवं हनुमान जन्मोत्सव मनाउनु उत्तम मानिन्छ । पर्वमा श्राद्ध तथा कुम्भ मेला मनाउनु श्रेष्ठ मानिन्छ । व्रत गर्नाले शरीर निरोगी हुन्छ र जीवनमा शान्ति मिल्छ ।

एक वर्षमा सूर्यको १२ र चन्द्रमाको १२ वटा संक्रान्ति हुन्छ । सूर्य संक्रान्तिमा उत्सव तथा चन्द्र संक्रान्तिमा व्रतको महत्व बढी छ । साउन महिनाको व्रत उत्तम हुन्छ भने हरेक महिनाको एकादशी, चतुर्दशी, चतुर्थी, पूणिर्मा तथा औंसीका साथै अधिकमासका व्रतको फरक महत्व छ । सौरमास तथा चन्द्रमासका बीच बढेका दिनलाई अधिकमास वा मलमास भनिन्छ ।

यो वर्ष अर्थात् विक्रम संवत २०७५ को जेठ महिनामा मलमास परेको छ । यसैगरी चतुर्मास अर्थात् साउन, भदौ, असोज र कार्तिकको व्रत पनि अत्युत्तम मानिन्छ । उत्सव, पर्व तथा चाडबाड सबैको अलग-अलग महतव छ । प्रत्येक ऋतु एक उत्सव हो । स्थानीय परम्परा वा संस्कृतिका कारण सिर्जित चाडपर्व तथा मेलाभन्दा वैदिक धर्मग्रन्थ, धर्मसूत्र, स्मृत

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।