नेपालको राजनीति सधैँ कसै न कसैको बिरोधमा केन्द्रित हुदै आएको छ। बिरोध गरेर पिाप्त सफलता क्षणिक हुन्छ त्यो पनि कसैको बिरोधबाट नै अवशान हुन पुग्छ।
पंचायती ब्यवस्थामा राजाको विरोध भएको थियो, पंचायती पद्दतिको हैन।
त्यस्तै ०४७ सालपछिको बहुदलीय प्रजातान्त्रिक ब्यवस्थामा सुरूमा गिरिजा कोईरालाको बिरोध र पछि राजाको बिरोध भएको थियो। गणतन्त्र आएपछि बिरोध गरिने पात्रहरू विलिन हुन पुगेर किंकर्तब्यविमूढ हुदै आएकोमा अहिले ओली पात्र दृष्चिगोच भएका छन्, उनकै बिरोधमा राजनीति हुदैछ।
जबसम्म मुलुकमा सिर्जनात्मक राजनीति सुरू हुदैन यो बिरोधमा रमाएर क्रान्तिकारी बन्ने र युवाहरू सडकमा उफार्ने राजनीतिले कहिल्यै गन्तब्य पाउने छैन जसरी आजसम्म पाएन।
एक जना मान्छेका कारण राजनीतिक ब्यवस्था नै धरासायी हुन खोज्छ भने यो बुझे हुन्छ- त्यो ब्यवस्थाको जरा र जग एकदम कमजोर छ। जग बलियो बनाउने काम नगरी रूखलाई हल्लाईरहने समाज र राजनीतिले फल खान कहिल्यै पाउदैन।
राजनीतिमा लागेका युवाहरूमा सिर्जनात्मक र सकारात्मक राजनीतिक सोचको नितान्त कमि छ। र राजनीतिक प्रणाली र राजनीतिक पूर्वाधारको जग कमजोर भएको हुनाले जिन्युन मानिसहरू राजनीतिबाट बिमुख हुने र उदण्डहरुको रजगज चल्दै जाने गर्दा मुलुक झन् झन् लथालिंगेपनको दुष्चक्रमा फस्दै गएको छ।




























