२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरि ७९ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३६जनामा कोरोना पुष्टी भएको छ ।  
पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको कोरोना परीक्षण भएकोमा थप ३६ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा कैलालीका ३५ जना र कञ्चनपुरका एक जना गरि ३६ जनामा संक्रमण पुष्टी भएको हो ।  

धनगढी उप–महानगरपालिका वडा नम्बर वडा नम्बर २ र १३ का ८-८, वडा नम्बर १, ३ र ५ का २÷२ जना, वडा नम्बर ४, ११, १४ र १८ का १-१ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको गोदावरीका आठ जना, भजनीका एक जना र कञ्चनपुरको कृष्णपुरका एक जना गरि आज ३६ जनामा कोरोना पुष्टी भएको हो ।

 धनगढी उपमहानगरपालिकामा मात्रै आज  २६ जना कोरोना संक्रमित थपिएका छन । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन् । 
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढाीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार एक पुगेको छ । संक्रमण पुष्टी भएका हालसम्म १५ जनो मृत्यु भईसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।