२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

पहिरोमा परेर एक जनाको मृत्यु

काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नम्बरको स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए। मृतक चालकको सनाखत भएको छैन।

प्रवक्ता रानाका अनुसार सोही पहिरामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेको नाम खुलेको छैन।

उक्त पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नम्बर को मोरटरसाइकलमा आंशिक क्षति पु¥याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप विवरण आउँन बाँकी छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।