एउटा ठूलो सहर छ। सबै मान्छे आफ्नो आफ्नो काम मा अस्तव्यस्त छन्। मान्छेहरु लाई १-१ सेकेन्ड को महत्व छ। त्यस्तै सहरमा कतिपय जनावर पनि छन।
कतिपय घर पालुवा त कतिपय भुसिया। त्यो सहरमा मैले एउटा भुसिया कुकुर देखे, जुन एकदमै कमजोर अवस्थामा थियो। सधै बाटो नजिकका पसलहरु मा घुम्दै हिन्थ्यो। पसलेहरू सधै सधै त्यो कुकुर लाई लौरोले हिर्काएर भगाउथे।
बिचरो त्यो कुकुर सडक छेउमा रहेको फोहोर कन्टेनर बाट सडेका खाना खाएर बस्थयो । त्यसै ठाउँमा लौरो हानि भगाउने ति मान्छेहरुको घरमा बेलायति,सोल्जर डग जातका कुकुरहरू थिए। घरको कुकुरलाई चै भात मात्र नभई चिकेन लेग पिस समेत दिन्थे।
बासी बचेको खाना चै फोहोर कन्टेनरमा फ्याक्थे। एकदिन अचानक भुसिया कुकुर आज त कोही पसले केही खान दिन्छकि भन्ने आशमा फेरी पसल पसलमा गयो। ६ पसल बाट लखेटेर सातौ पालमा जाँदा उस्ले देख्यो सातौ पसले रोड क्रस गर्दैछ, उताबाट एउटा टिप्पर निकै तेज गतिमा आएर त्यो पसले लाइ चेप्नई आटेको छ।
भुसिया कुकुर हत्तनपत्त गएर पसलेलाई धक्का दिएर आफु टिप्पर मुनि च्याप्पियो। त्यतिनै बेला वरपरका सबै पसले आए र अब टिप्पर चालकबाट पैसा थुताउन लागे।
अब त्यो भुसिया कुकुर करोडौं मोल परेको कुकुर हो जस्तो देखाए, एकछिन त मेरो कुकुर हो, मेरो कुकुर हो भन्दै पसलेहरूले झगडा गरे, जस्ले एक छाक बासी खाना दिएन उही सधै रु.५०० को खाना खुवाउथे भन्न लागे, जस्को ज्यान बचायो त्यसले पनि मेरो कुकुर हुनालेत मेरो ज्यान बचायो मलाई त्यो कुकुर राम्रो मान्थ्यो मेरो पप्पि भन्दै रोएको नाटक सम्म गर्यो।
MORAL:- यो व्यापारिक युगमा कोही तपाईको सुख दु:खमा होस या नहोस, तपाईंबाट केही फाईदा हुन्छ भने चै अवश्य तपाईंकै साथमा हुन्छ।
Views: 201




























