२०८२ माघ १७ शनिबार
२०८२ माघ १७ शनिबार

सबै मुख्य दलबाट चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाण्डाै – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि सबै मुख्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने भए पनि यस पटक दलहरूले चुनावअघि नै उम्मेदवार घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । कांग्रेसले २०५६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई उम्मेदवार घोषणा गरेपछि झन्डै तीन दशकपछि यस्तो निर्णय गरेको हो ।

नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।

भर्खरै उदाउँदै गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नुभएको छ ।

उपप्राध्यापक जगत् नेपाल चुनावअघि नै उम्मेदवार घोषणा गर्दा मतदातालाई मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भए पनि उम्मेदवारले चौतर्फी घेराबन्दीको सामना गर्नुपर्ने चुनौती रहने बताउनुहुन्छ । यस पटक रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार घोषणा गरेपछि पुराना दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेरै चुनावमा गएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।