२०८२ माघ १७ शनिबार
२०८२ माघ १७ शनिबार

भागेश्वरमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम नतिजाले देखायो फितलोः २७ प्रतिसत मात्र उर्तीण

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागु भएको दुई बर्ष भएकोछ । विद्यार्थीहरुको शैक्षिक स्तरमा सुधार ल्याउने लक्ष्य सहित सुरु भएको यस कार्यक्रमको नतिजा भने सोचे अनुरुप आएको देखिदैन । ८ ओटा माध्यमिक विद्यालय रहेको भागेश्वर गाउँपालिका बाट २०८१ सालको एस ईइ को परिक्षामा सहभागि भएका १ सय ९ विद्यार्थी मध्ये ३० विद्यार्थी मात्र उर्तिण भएका छन् । जुन प्रतिसत अनुपातमा ३० प्रतिसत हुनु आउछ ।
हालसम्म कति भयो कार्यक्रममा खर्चः
डडेल्धुराको भागेश्वर गाउँपालिकाले गत आ।व २०८०।८१ लाई शैक्षिक सुधार बर्षको रुपमा घोषणा गरि कार्यक्रम संञ्चालन गरेको थियो । पालिकाले उक्त बर्ष शिक्षा शाखामा विभिन्न कार्यक्रकका लागि बार्षिक ३९ लाख ३० हजार रुपैया विनियोजित गरेको थियो । कार्यक्रमा पालिका जनप्रतिनिधी र कर्मचारिहरुले अनुगमनमा मात्रै १ लाख ४५ हजार रुपैया खर्च गरेको देखिन्छ । यस्तै शैक्षिक गुणस्तरका नाममा सबै भन्दा बढि खर्च शैक्षिक गुणस्तर सुधार शिर्षकमा २ लाख ६७ हजार रुपैया खर्च गरेकोछ ।
पछिल्लो समयमा भागेश्वर गाउँपालिकाका सामुदायिक विद्यालयहरुको पढाईको गुणस्तर भने खस्कदो अवस्थामा रहेको देखनु सकिन्छ , विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको छ । यहाँका मानिसहरुले गुणस्तरिय शिक्षा स्थानीय स्तरमा नपाएपछि जिल्लला सदरमुकाम डडेल्धुरा त कोहि तराईका जिल्ला जाने गरेका छन् ।

May be an image of blueprint, clarinet and text that says 'S.N. वियालयका वििसालष्ट्ो माम Ma. Rupal Sarswati .Bc Bogata Ma.Vi. Sirad गाउपालिक Grade 3.2-3.59 0 Ma.v 2.4-2.79 0 2-2.39 NG Kailpal Ma. 0 0 Total student 0 0 9 7 Patram Paniut Ma. Rupaligad pass student 0 7 17 2 pass 40.00 0.00 0 0 0 0 6 23 0 0 3 0 8 5 30 8 5 13 14 0 0 0 79 23.33 0.00 0.00 62.50 09 ShaBde- 30 बहहादुर महता प्रमुख'

किन प्रभावकारि हुन सकेन शैक्षिक गुणस्तर सुधार बर्ष २०८०

पालिकाले घोषणा गरेको शैक्षिक सुधार गुणस्तर बर्ष २०८० को प्रभावकारिता भने देखिएको छैन् । कार्यक्रम लागु भएपनि पालिका भित्रका कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरु परिक्षामा सफ हुनकै लागि ३ देखि ४ महिना भएपनि जिल्ला सदरमुकाम डडेल्धुरामा अतिरिक्त कक्षाहरु पढन् बाध्य रहेका छन् । पालिकाले अनुगमनका नाममा लाखौ रुपैया खर्च गरेपनि त्यो प्रकिृयागत अनुगमन मात्र भएको देख्नु सकन्छि ।
कार्यक्रम सफल नहुनका कारणहरुः
१) विद्यालय अनुगमन हुदाँ पूर्व जानकारि हुन्ः पालिकाले विद्यालय अनुगमन गर्दा पूर्व जानकारि दिने र अनि अनुगमनमा जाने देखिएको छ जसले गर्दा अनुगमनमा आफ्ना गल्तीहरु विद्यालयले पहिले नै लुकाई सकेको हुन्छ । सत्यतथ्य बाहिर आउनु सकदैन् ।
२) सरोकारवाला निकाय संगको साझेदारी न्युनः पालिकाले यस्ता कार्यक्रम लाई सार्वजनिक बनाउनु नस्कुनु नै ठुलो गल्ती हो । यस्ता कार्यक्रममा आम सरोकारबालाहरुको सहभागिता हुनु पर्ने भएता पनि यस कार्यक्रममा भने सरोकारवालाहरुको सहभागिता न्युन देखिएको हो ।
३) संञ्चार तथा कार्यक्रम बारे जानकारि न्युन हुन्ः
पालिकाले संञ्चालन गरेका कार्यक्रमहरु आम नागरिकलाई जानकारि हुनुपर्ने भएता पनि यस कार्यक्रम सम्बन्धि अधिकासं नागरिक बेखवर छन् ।

हाम्रो समिक्षाः
तपाई हामी सबैलाई जानकारि भए अनुसार हामी पनि शैक्षिक गुणस्तर शुधार बर्षको कार्यक्रमको प्रभावकारिता हेर्नका लागि २०८० सालमा खबरदारी न्युजले भागेश्वरका २ विद्यालयमा छड्के गरेका थियौ ।
हामी विद्यालयमा जाँदा कक्षा ६ मा पढने विद्यार्थीले सामान्य पाठ समेत पढन सकेन यसको दोस कसालाई दिने , कक्षा ९ मा पढने विद्यार्थीले पालिकाको भूगोलको बारेमा जानेन् यसको दोष कसालाई दिने ।
हामीले अनुगमन गरेका दुई विद्यालयमा विद्यार्थीको स्तर एउटै थियो ।
हो हामीले छडके गर्दा विद्यार्थीहरुको मनोवल कमोजर भयो होला तर यो कुराले विद्यालय, र पालिकालाई केहि असर परेको होला कि नहोला यसको समिक्षा आगामी दिनमा गर्नेछौ ।
विद्यालयमा देखावढी रुपमा विद्यार्थी हाजिरी, गहृपुस्तिका आदि छन् तर तिनको कार्यान्व्यन सुन्य छ ।
यस्ता पक्षलाई अनुगमन टिमले हेर्ने कि नहेर्ने ?
विद्यालयमा चित्र झै भुण्डढ्यायिएका सेनेटरि प्याड निकाल्ने मेसिन बन्द अवस्थामा छन् , यिनलाई सुचारु गर्ने कि नगर्ने, विद्यालयमा धारा छन् तर विद्यार्थीहरु जुठो लगाएर पानी पिउछन् यसलाई व्यवस्थापन गर्ने कि नगर्ने , विद्यालयमा कम्प्युटर, आधुनिक ल्याबका नाममा लाौ खर्च भएको छ यसको प्रयोग गराउने कि नगराउने यसको जिम्मा पालिकाले लिने कि नलिने ?
विद्यार्थीहरु लाई कसरि आर्कषण गर्ने यस बिषयमा पालिकाले सोच्नु पर्छ कि पर्दैन् ?

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।