काठमाडौँ। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ टुपिडाँडामा बस र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।



मृत्यु हुनेमा ३० वर्षीय राजेन्द्र ठाकुर रहेका छन्। उनी रौतहटका हुन्। उनी सवार बा २९ प ६६६ नम्बरको मोटरसाइकल र बा ४ ख ४४५७ नम्बरको बस आपसमा ठक्कर खाएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सर्लाहीको मलंगवा नगरपालिका(२ का ३० वर्षीय गोबिन्द ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Views: 127

























