बितेको २४ घण्टामा १ हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार अपरान्ह प्रकाशित जानकारीका अनुसार यो अवधिमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



मन्त्रालयका अनुसार शनिबार ५१५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् ।
शनिबारसम्म नेपाल संक्रमित हुनेको कूल संख्या २ लाख ३० हजार ७२३ रहेको छ भने निको हुनेको संख्या २ लाख ११ हजार १८६ जना रहेका छन् ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।
Views: 119

























