लोकेन्द्र ओझा- बिद्यालय जाने समयमा गोठालो जान कसलाई रहर हुन्छ । साथिहरु झोला भिरेर स्कुल जान्छन म गोठालो जान्छु । राम्रै विषय पढेर जागीर खाने सोचेकी थिए, तर रहर भएर पनि मैले पढ्न पाएन । यो भागेश्वर गाउँपालिकाको वडा नंं ४ (टप्वो) गाउँमा बस्ने रमिता पन्तको यथार्थ हो । उनले १५ वर्षको कलिलो उमेरमा बिद्यालय जान छोडीन । आजभोली उनलाई दिन बिताउनै गाह्रो छ । शिवसंकर माद्यमिक बिद्यालय रुपाली गाडमा अध्ययन गरेकी रमिताले घरबाट दुई घण्टा हिडेर स्कुल जाने गरेको सुनाईन । उनि भन्छीन, कक्षा दश सम्म पढे तर कक्षा दश पास गर्न सकिन । टाढाको बिद्यालय भौतिक तथा मानसिक थकानका कारण अध्ययन गर्न सकिन । गाँउबाट पढ्नका लागि दुई घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यता छ । अरु साथिहरुले कोठाभाडा लिएर गाँउभन्दा टाढा गएर पनि पढे । तर मेरो लागि अब पढ्ने सपना मात्रै बनेको छ ।
पारिवारीक आर्थिक कारणले समेत उनको पढाईमा प्रभाव प¥यो । राम्रो संग ट्युसन पढ्न समेत पाइनन । स्कुलमा पनि शिक्षक परिवर्तन भइरहने र शिक्षकसंग समेत घुलमिल हुन नसकिने समस्या समेत थियो । समय–समयमा शिक्षक परिवर्तनका कारण हामिसंगका अरु साथिहरुको समेत पढाईमा प्रभाव परेको छ । एसइइ परिक्षामा गणित र बिज्ञान विषयमा राम्रो नतिजा ९अंक० ल्याउन सकिनन । दोश्रो पटक पनि परिक्षा दिए तर ग्रेड सुधार नभएकाले स्कुल छाडेको उनले सुनाईन ।
उनी मात्र होइनन, भागेश्वर गाँउपालीका वडा नंं ४ बस्ने छात्रा संगिता साउँदको पनि उनको जस्तै समस्या छ । उनिसंग कुरा गर्न तिन दिन लाग्यो । कहिले घर नभेटीने, कहिले फोन सम्पर्क नहुने गोठालो जाने कारणले समेत कुरा गर्न समय लाग्यो । बिहान घाँस काट्न जाने संगिता दिउसो बाख्रा चराउन जङ्गल जाने गर्छिन । संगिताले बिद्यालय छोडको तिन महिना भयो, उनले १९ वर्षवाट बिद्यालय जान छोडीन । कक्षा आठमा अध्ययन गर्दागर्दै आर्थिक अभावका कारण बिद्यालय छोड्नु परेको उनले गुनासो गरिन । शैक्षिक सामाग्री तथा पोसाकहरु किन्न समेत अभाव भएकोले बिद्यालय छोडेको बताउँछीन । बिद्यालय जाने समयमा घर बस्नु रहर नभएर बाध्यता भएको उनको दुखेको छ ।
उनी भन्छीन, ‘हामि तिन भाईबहिनी छौँ घर परिवारका लागि पर्याप्त आम्दानिको श्रोत छैन। स्कुल जान समेत एक घण्टा भन्दा बढी लाग्छ। सधै शैक्षिक सामाग्री किन्न परिवारसंग कसरी माग्ने पारिवारीक कारणले पनि पढाई बिग्रीयो।’ जेनतेन कक्षा आठ सम्म पढाईलाई पु¥याए अब पढ्न नसकिने अवस्था देखेपछि बिद्यालय छोड्ने निर्णय गरेको हो ।
भागेश्वर गाँउपालीका शिक्षा शाखाका प्रमुख गणेशबहादुर पौडेलले गाँउपालीकामा बिचमै बिद्यालय छोडेका छात्राहरुको तथ्याङ्क यस शैक्षिक सत्रको लागि तयार हुन लागेको वताउनु भयो । गाँउपालीका अन्र्तगत रहेका छात्राहरुका लागि क्षमता अभिबृद्धीका कार्यक्रमहरु समेत सञ्चालनमा रहेको समेत जानकारी दिनु भयो । बिद्यालय जाने उमेरका वालवालीकाहरु नियमित रुपमा बिद्यलय जाने गरेको उहाको भनाइ छ । लुनिभा बालसरोकार लगायतका बिभीन्न गैरसरकारी संस्थासंगको सहयोगमा समेत शैक्षिक क्षेत्रको विकासका लागि काम गरीरहेको जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेशभर नै वालवालीकाहरुले बिद्यालय छाड्ने दर बढ्दै
सुदूरपश्चिम प्रदेशमा ६.३ प्रतिशत वालवालीकाहरुले बिद्यालय छोडेका छन । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार विध्यालय छोड्ने वालवालीकाको संख्या बढेको देखिन्छ । २०७९ सालको शिक्षा तथा मानव श्रोत विकास केन्द्रको प्रतिवेदनका अनुसार यो तथ्याङ्क सार्बजनिक गरिएको हो । डडेल्धुराको भागेश्वर गाँउपालीकामा कक्षा एकमा अध्ययन गर्ने ७.९ प्रतिशत छात्राहरुले यस शैक्षिक सत्रमा बिद्यालय छोडेका छन । कक्षा दुईका ५.८ प्रतिशतले छात्राहरुले बिद्यालय छोडेका छन । यस्तै कक्षा तिनमा ५.६ प्रतिशत छात्राहरुले बिद्यालय छाडेको देखिन्छ । कक्षा चारमा यसै शैक्षिक सत्रमा ५.५ प्रतिशतले कक्षा छोडका छन भने पाँच कक्षामा ४.८ प्रतिशत छात्राहरु बिद्यालय वाहिर वसेका छन । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार छ कक्षमा ५.८ प्रतिशत छात्राहरुले बिद्यालय छोडेको तथ्याङ्क देखिन्छ । भागेश्वर गाउँपालीकामा २०७९ सालको तथ्याङ्क अनुसार सात कक्षामा ३.६ प्रतिशतले कक्षा छोडेको देखियो भने आठ कक्षामा भने ४.१ प्रतिशत छात्राहरुले बिद्यालय छोडेका छन । कक्षा नौ मा अध्ययन गर्ने छात्रा ३.२ प्रतिशतले बिद्यालय छोडे, कक्षा १० मा अध्ययन गर्ने १.६ प्रतिशतले छात्राहरुले बिद्यालय छोडेको देखिन्छन ।
यस्तै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको महिला तथा वालवालीका विकास कार्यालयले हरेक वर्ष किशोरीहरुका लागि कार्यक्रमहरु सञ्चालन गरिरहेको महिला बिकास अधिकृत जयन्ती गिरीले जानकारी दिनु भयो ।
उहाँले यसै शैक्षिकसत्रमा किशोरीहरुका लागि क्षमता अभिबृद्धीका तालीमहरु संचालन गरेकोे बताउनु भयो । किशोरीहरुका लागि आत्मरक्षाका कार्यक्रमहरुले किशोरीहरु सुरक्षित भएको बताउदै विभीन्न खालका समस्याहरु समाधान गर्ने गरी छात्रा आत्मनिर्भर भएको जानकारी दिनु भयो ।
आत्मरक्षा सम्वन्धी प्रशिक्षण कार्यक्रम सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको महिला तथा वालवालीका विकास कार्यालयले सम्पन्न गर्दा उनिहरुले आ–आफ्नो स्थानमा समेत तालिम दिन सक्ने भएको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा सानै उमेरमा विवाह गर्ने गर्ने प्रचलनले गर्दा बिद्यालय जान छोड्ने गरेको उहाले जानकारी दिनुभयो । सुदूरपश्चिममा वालविवाहको कारण अधिकासं छात्राहरुले बिद्यालय छोड्छन । घरायसी कामका कारण र गुणस्तरिय शिक्षाको अभावले किशोरीहरुले बिद्यालय छोड्ने गरेको अधिकृत गिरीले जानकारी दिनु भयो । आफ्ना साथीहरुको विवाह भएको देख्दा आफुले पनि भाबि योजना वनाउन नसक्दा छात्राहरुले बिद्यालय छोड्ने गरेको समेत जानकारी दिनु भयो ।
नेपाल सरकारले बिभीन्न समयमा शैक्षिक विकासका लागि योजना वनाएको पाईन्छ । शैक्षिक क्षेत्रको विकासका लागि राज्यले असाध्यै ठुलो सञ्जाल वनाएको छ । गाँउशिक्षा समितीदेखि शिक्षा मन्त्रालय तिन तहका सरकारहरु । विभीन्न सरकारी तथा गैरसरकारी संघ संथाहरुले अनवरत काम गरिरहेका छन । यसका वारेमा बेलावखत आलोचना, चिन्ता, हुनु आवश्यक हुन्छ ।
स्थानिय सरकार नागरिकको घर दैलोको सरकारको हो । जसले नागरिकलाई नजिकवाट सेवा प्रवाह गरिरहेको हुन्छ । नेपालमा छात्राहरुले कक्षा छोड्ने क्रम वढेको छ । यसै सन्दर्भमा शिक्षा बिकास निर्देशनालय दिपायल डोटीका प्रादेशिक निर्देशक दुर्गादत्त विस्टसंग सुदूरपश्चिमको शैशिक अवस्था तथा एसईई परिक्षको नतिजा प्रकाशित हुदा सुदुरपश्चिम प्रदेशको नतिजाको अवस्था तथा समग्र शिक्षाको नितीगत अवस्थावारे अवसर चुनौती सम्बनधी सम्वाद गरिएको छ ।
१ -यस वर्ष एसईई परिक्षाको नतिजा प्रकाशित हुदा सुदूरपश्चिम प्रदेशमा कति प्रतिशत नतिजा आयो
उत्तर– सुदूरपश्चिम प्रदेशमा दुईसय आठ परिक्षा केन्द्र थिए जसमा ५३ हजार ७ सय १५ जना परिक्षार्थिहरु एसईईका परिक्षामा समावेस भएका थिए । अहिले हामि अक्षराङ्क पद्धतिमा छौ । जसमा ग्रेड पोईटमा ३.६ देखि ४ सम्म यस प्रदेशमा नतिजा आएको देखिन्छ । सबैभन्दा वढी डोटी जिल्लामा २.१४ छ । भने त्यसपछी कैलाली र कञ्चनपुर छ । परिक्षाकै कुरा गर्ने हो भने अलिकती जती तल्लो लेवलमा गयो त्यतिवढी प्रतिशत नतिजा आइको देखिन्छ । यो हुनु राम्रो होईन । समग्रमा हेर्दैजाँदा हामिले प्राप्त गरेको नतिजा बिगत भन्दा सुधारात्मकनै छ ।
२- एसईई परिक्षाको नतिजा अहिले जुनग्रेड पोईट पद्धतिमा मुल्याङ्कन हुदै आएको छ, यसले वालमनोविज्ञानमा कस्तो प्रभाव परिरहेको छ
उत्तर ः यसलाई केहो भने बिध्यार्थिहरुमा मनोबैज्ञानिक त्रास नहोस भनेर बिध्यार्थिहरुले जति मेहनेत गरेका छन । अरु बिद्यार्थीसंगको प्रतिस्पर्धामा मैले कम नम्वर ल्याए म पछाडी रहेछु भन्ने हिसावले वालवालीकाहरुमा नराम्रो प्रभाब नपरोस भनेर सञ्चालन गरिएको हो । यसले एकातिर बिध्यार्थिहरुको अध्ययन गर्ने वानि वसेको छ भर्ने अर्कोतिर कमजोर बिध्यार्थिहरुलाई म फेल भए भन्ने डरवाट मुक्त भएको छ । तर यसले समग्र रुपमा कुन बिद्यार्थी कुन स्तरको छ उस्ले के पढ्न पाउछ भन्ने पनि तोकिदिएको छ । जस्ले गर्दा वालवालिकाहरुले प्रतिभा पहिचा गर्न सक्छ । हत्तोत्साहित हुने आत्महत्या गर्ने जस्ता नकारात्मक प्रभाववाट जोगिएको छ । बिध्यार्थिले जिवन यापन गर्नका लागि प्रप्ताङ्क संग जोडिनु हुदैन ब्यावहारीक पक्षलाई प्रप्ताङ्क संग गुणस्तर शिक्षालाई जोडेर लैजानु पर्छ ।
३ नेपालमा शैक्षिक क्षेत्रमा हुने परम्परागत राजनितीक प्रभाव जुन छ यसले समग्र हाम्रो मुलुकको शैक्षिक जगतलाई सबैभन्दा धेरै असर पारिरहेको छ । शैक्षिक क्षेत्र राजनितीवाट मुक्त किन हुन सकिकरहेको छैन ?
उत्तर ः अब शिक्षाको ब्यवस्थापनर गुणस्तर अपेक्षित प्रवाहमा लैजानका लागि शिक्षा निती र कार्यक्रमलाई प्रतिफल मुखी वनाउनु पर्छ । यसकालागि संघिय सरकार, प्रदेस सरकार र स्थानिय सरकारको सामुहिक प्रयास तथा प्रतिबद्धता हुनुपर्छ । सिकाईलाई हामिले कसरी बुझेका छौ भने वालवालीकाले परिक्षमा राम्रो नम्वर ल्यायोकी ल्याएन भनेर गुणस्तरिय शिक्षालाई लिन्छौं । हामि अहिले दिल्ली मोडल भनिरहेका छौ । धनगढी उप–महाँनगरपालिकाले हाम्रो शिक्षालाई सुधार गर्नका लागि दिल्ली मोडल लागुगर्ने तयारी गरेको छ । जसका लागि भौतिक, शिक्षक तालिम पुर्वाधार विकास तथा अनुगमत प्रभावकारी वनाउनु गर्ने दिल्ली मोेडेलले उत्पादन तथा देशभक्तिको बिकास गरेको छ ।
४ -शिक्षा क्षेत्रमा तयार पारिएका नीतिहरु कार्यन्वयन हुदैनन, सुधारको नाममा ठुलो खर्च लगाएर वनेका नीतिहरु राम्रा भएपनि अस्थिर खालका छन । किन
उत्तरः शिक्षाको तिन तहको जिम्मेवारी तोकेको छ । पहिले जिल्ला शिक्ष कार्यलयले काम गर्ने अवस्था थियो अहिले अनुगमन तथा निरक्षण पुर्ण रुपमा हेर्ने हो ने सुन्य जस्तै देखिन्छन तेस्ले गर्दा समेत समस्या देखिन्छ ।
५ -शिक्षाको सुधारका लागी स्थानिय सरकार प्रदेश हुदै संघिय सरकारले पनि हेरीरहेको छ । सामुदायीक बिध्यालयमा संस्थागत विध्यालय जस्तो प्रशाशनिक ब्यवस्था सुधार किन हुन सकिरहेको छैन ?
उत्तरः सुधारका लागि धेरै हुन्छ । शैशिक सुधारकालग शैक्षिक सुधार गरीरहेकाछौ कि हामिले भौतिक बिकासका लागि कामगरीरहेका छौ कि गुणस्तरिय शिक्षा दिएका छौं । सबै भन्दा पहिले भौतिक भन्दा पहिले वालवालिकाले दर्चेको समयमा प्राप्त गरेको उपलब्धी के रह्यो भन्ने विषयमा जानकारी पाउन पर्छ । अघि संस्थागत स्कुलको प्रसंग उठाउदै हुनुहुन्थ्यो, वास्तवमा सामुदायिक बिध्यालयको कुरा उठाउनु भयो । हामि शैक्षिक सुधारकालागि माथिवाट गर्नेकी तल्लोतहबाट गर्ने अहिले यस्तो अवस्था कसरी आयो भन्दा निरन्तर बिध्यार्थि मुल्याकंन सहि तरीकाले नहुदा समेत समस्या आएको छ । बालबालिकाले नजानेको बिषयमा थप वल पुग्नेगरी बालबालिकालाई बताउने हो । बालबालिकाले जिवनमा गरी खान सक्छकि सक्दैन । शिक्षकले खर्चको समयमा बिद्यार्थीहरुले केके सिके बिद्यार्थीका प्राप्तांक कति के भयो भन्ला पनि असल नागरीक वन्नु पर्छ । विकासा नन्दले भन्नु भइको छ परिक्षामा सैयौ पटक फेल भइको विध्यार्थीले जिवनमा हजारौ पटक सफल हुन सक्छ ।
६- सामुदायीक बिद्यालयमा बिद्यार्थीको संख्या घटिरहेको छ । नेपालमा लामो समय देखि शिक्षक बिद्यार्थीको अनुपात मिलेको छैन । हिमाल पाहाड र तराईमा प्रतिशिक्षक वरावर कती बिद्यार्थी हुनुपर्छ ?
उत्तरः दरवन्दी मिलान हुन नसक्दा सुविधा सम्पन्न ठाँउमा बिद्यार्थी संख्या कम भए पनि शिक्षक दरवन्दी बढी हुने र बिद्यार्थी हरु प्रशस्तौ भएपनि दुर्गम ठाँउमा शिक्षक दरवन्दी कम भएको देखिन्छ । यसले पठन पाठनमा बाधा परेको यथार्थ हो । बिद्यालय मर्जकालागि निर्देशिका जारि गरीएको छ । अहिले यसको अधिकार स्थानिय तहलाई दिईएको छ । टाढा भएपछी आवासिय वनाउनु पर्छ बढीमा आधा घण्टामात्र वालकालीकाले हिड्नु पर्ने हुन्छ ।
बिद्यालय मर्ज तथा दरवन्दी मिलान गर्नु पर्ने आजको आवस्यकता हो तर यो पुर्ण रुपमा कार्यन्वयन हुन सकिरहेको छैनन । आवासिय बिद्यालयको रुपमा विकासले समेत गुणस्तर दिन सम्क्छ । अनिमात्र शैक्षिक सुधार भइको आभास हुन्छ । हिमालमा प्रतिशिक्षक ४०जना पाहाडमा ४५ जना तराईमा प्रतिशिक्षक वरावर ५० जना बिद्यार्थी हुनुपर्छ ।
७ – सामुदायिक बिद्यालयमा प्रबिधीक धारतर्फ कुन कुन विषयमा पढाई भईरहेको छ । सुदूरपश्चिम प्रदेशभरी कति बिद्यालय प्राविधीक धार तर्फका छन रु अनि यसको प्रभाव कस्तो छ ।
उत्तरः सिटिइभीटले पनि अनुमती दिईरहेको छ । शिक्षा विभागले ले पनि दीदै आएको छ । स्थानिय सरकारले समेत अनुमती दिदै आएको छ यो तिन ओटा मोडेल छ । सरकारले ह्युमन रिसोर्स म्यानेजमेन्ट सम्वन्धी ठोस योजना वनाउनु पर्छ । नेपाल सरकारले प्राबिधीक शिक्षालाई आकर्षण वढाउनका लागी बिभिन्न बिद्यालयमा प्राबिधीक विषयमा अध्यापन संचालन गरीेएको छ । जस्ले गर्दा नेपालका धेरै युवाहरु स्वरोजगार वनेका छन । राज्यले शिक्षालाई देशलाई आवश्यक पर्ने खालको युवा जनशत्ती उत्पादन गर्नु पर्नै हो । देशलाई आवश्यक पर्ने जनशक्ती उत्पादन गर्नु पर्छ आवश्यकता अनुसारका विषयहरुलाई प्रथमिकता अनुसार सुदूरपश्चिम प्रदेशमा समेत बिभीन्न प्रबिधीक विषयमा अध्यायन अध्यापन गरिरहेको छ ।
८- शिक्षक समाज रुपान्तरणको सम्वाहाक हुन जस्ले वालवालीकाको भाग्य र भबिष्य निमार्ण गर्छन । तर यहाँ त दक्षता अनुभवको मुल्याङ्कन हुदैन राजनिती आस्था तथा आफन्तहरुलाई मात्र छनोट गरिन्छ ?
उत्तरः यो वास्तवमा भन्ने हो भने यथार्थमा समस्या देखिन्छ । प्रत्यक्ष भन्दापनि अप्रत्यक्ष रुपमा राजनितीवाट शिक्षाक्षेत्र टाढाछैन । तर क्षिक्षक छनोटको लागि बिज्ञहरुवाट छनोछ गर्ने गरिन्छ र यसमा दरवन्दी मिलानमा संगै सिक्षक छनोट पारर्शितवरवाट गर्ने प्रयास गरीएको छ । कहिले तपाईले भने जस्तो गुनासो नआएको होईन दक्ष ताथा अनुभवी शिक्षक छनोटमा परेनन् सहि शिक्षक ठिक तरीकाको मुल्याङ्कन हुदैन राजनिती आस्था तथा आफन्तहरुलाई मात्र छनोट गरिन्छ भन्ने गुनासो आउछ यसको सुधार गर्नु पर्छ ।
९- विद्यालयमा स्थायी, राहात, आंशिक, ज्यालादारी पालिका शिक्षक जस्ता १७ थरीका शिक्षक राखेर बिद्यालय शिक्षा कसरी अगाढी वढ्छ ,
उत्तर ः वास्तवमा यो कुरा सहि हो थाई अस्थाई राहत अहिले पालीका शिक्षक भन्ने पनि छ । बिभीन्न प्रकारका शिक्षक छन जस्ले गर्दे शिक्षकहरुको बिचमा समेत विवाद छ । पालीका शिक्षकहरु पनि छन । अव यहाँ विधीन्न प्रकारका शिक्षक छन कती पय तालीम प्रप्त छन । यसले शिक्षाको मनोवलमा समेत एकरुपता कायम गर्नुृ पर्ने छ । यसका लागि नितीगत रुपमा आउनु पर्छ सरकारले योजना गरेपनि पुर्ण रुपमा सफलता प्रप्त हुन सकिरहेको छैन ।
१० -विद्यालय ब्यवस्थापन समिति गठन प्रकिृयामा निकै राजनितीकरण भईरहेको छ । विद्यालयको भौगोलीक क्षेत्रभित्र जुनपाटीको वाहुल्यता छ सोहि पाटिको व्यवस्थापन समिति अध्यक्ष वन्ने सुदूुरपश्चिममा ब्याप्त छ । यस्तो अवस्थामा शिक्षाको कसरी सुधार गर्ने ?
उत्तर ः विद्यालय सान्ती क्षेत्र कार्यढाँचा प्रकाशन गरेको छ । जसमा विद्यालयलाई सान्ती क्षेत्रको रुपमा राख्ने भन्ने छ । यो कताकता कार्यन्वयन हुन सकिरहेको छैन । यस्का लागि सरोकारवाला सबैले ध्यान दिनुपर्छ । हामिले विद्यालय व्यवस्थापन समितीको काम कर्तब्य र अधिकार भनेको हाम्रो वालवालीकाहरुले के गरिरहेको छ कसरी शिक्षाको गुणस्तर सुधार गर्ने भन्नेमा वढी केन्द्रीत हुनु पर्छ । अहिले कतीपय अध्यक्ष ज्युहरुले भौतिक योजनामा कामगर्ने पाईन्छ भनेर हिसावले विद्यालय व्यवस्थापन समितीमा जान खोजिरहेका छन
११- नेपालमा अध्ययन गरेर नेपाली बिध्यार्थी अन्य देशमा कामको खोजिमा जान्छन । निर्बिकल्प रोजगारीको माध्यम बैदेशिक रोजगारी हो भने नेपालमा किन अध्ययन गर्ने ?
उत्तरः योत नितीगत कुराआयो हामि कहाँ राजनितीक इच्छाशक्ती हुनु पर्छ मैले पहिले पनि भने ज्गmबल चभकयगचअभ mबलबनझभलत सम्वन्धी योजना वन्नु पर्छ । हामि प्राप्ताङ्कमा जोड दिईरहेका छौ । उनिहरुको जिवनसंग कती जोडीयो । एउटा बिद्यालयको विदाई कार्यक्रममा एक जना बिद्यार्थीले अर्का साथीको सर्टका खाँडीमा भेटौला भन्ने लेखेको भेटियो । यसको कारण केहो भन्ने नेपालमा पढेर काम गर्न बिदेसमै जानु पर्ने हो भन्ने आम बिद्यार्थीहरुमा परेको छ । हामिले आगामि दिनमा राज्यले नितीगतरुपमा नेपालमा अध्ययन गरेर नेपाली बिद्यार्थी अन्य देशमा कामको खोजिमा जानु नपर्ने र रोजगारीको अवसर नेपालमै सुनिश्चीत गराउन आवश्यक छ ।




























