गजल
तिम्रो स्वास बनी अङ्ग अङ्ग डुल्न पाउँ।
तिम्रा काखमा पिर् , व्यथा सबै भुल्न पाउँ ।
तिमी माली बनेर , बसेको त्यो उद्यानमा
लाली रङ्ग सुवास, मग्न भइ म फुल्न पाउँ ।
उज्ज्वल रहिरहोस् , त्यो चन्द्रमुखी मुहार
म मस्तले ए प्रेमी, त्यो साथमा झुल्न पाउँ ।
यो मुहार बोल्ने छ, यि नयनहरु बोल्ने छ्न्
मौनतामा नै मनका , कुण्ठाहरु खुल्न पाउँ ।
प्रेम त्यो मधुमालती कै अटुट बनाइ सम्बन्ध
संगै जिउँने मर्ने अनेक , बाचा कबुल्न पाउँ ।
अनुषा गौतम शिखा
बर्दिया
गजल
जहाँ तृष्णा त्यहाँ यो प्रित खानी बन्छ।
तिमी छौ मै छु मेरो जिन्दगानी बन्छ।
अनीदा रातमा मै तड्पिदा पीडाले
अश्रु पुछ्ने हितौषी यो सिरानी बन्छ।
अभागी रैछ कर्मै यो जसशीलो छैन् हौ
सधै स्वयंम हारैको निशानी बन्छ।
अनेकौं देख्नु स्वप्ना यी हुदैन् क्यै पूरा
जलेरै क्ष्णमा खागै खरानी बन्छ।
अनौठो जीवनी एक्फेरी अनेकौ हुने
सधै मेरो नया यौटा कहानी बन्छ।
अनुषा गौतम शिखा