२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

नगर प्रमुख रावललाई स्वागतको लागि जुत्ता चप्पलको गेट

बाजुरा– त्रिबेणी नगरपालिका ७ का स्थानीयले त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावललाई स्वागतको लागि जुत्ता चप्पलको गेट बनाएको छ ।
त्रिबेणी नगरपालिका ७ खिरपाटामा आएका योजनाहरुको बजेट काटेको र योजना काटिदिएको बिरोधमा खिरपाटा बासीले बिरोध स्वारुप उक्त योजना बनाएको स्थानियले बताए ।
हामिले मेयरलाई स्वागतको लागि कालो झण्डा जुत्ता र चप्पलको गेट बनाएका थियौ । मेयरले उक्त सूचना पाएपछि नेपाली काग्रेँस बाजुराका सभापती समेत रहेका मेयर रावल जंगलको बाटो हुदै भागेका स्थानीयले बताएका छन ।
त्रिबेणी नगरपालिकाको ६ मा नेपाली काँग्रेसको चियापान कार्यक्रममा जानेक्रममा नगर प्रमुख रावललाई खिरपाटाबासीले बाटोमा जुत्ता चप्पलको गेट र कालो झण्डाले स्वागत गर्ने गरि तयारी थालेको सूचना पछि मेयर रावल भागेका स्थानियले बताए ।
मेयर रावलले वडा पालिकाबाट सिफारीस भएर नगरमा पास गरेका कैलाशमाण्डौ पन्धारा सडक, खिरपाटा खानेपानी योजना, ओखड खोला लगाएतका योजनको ५० लाख बजेट काटिदिएको आरोपमा गाउँबासीले बिरोध गरेको खिरपाटाका स्थानीयले बताएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।