२०८२ माघ १७ शनिबार
२०८२ माघ १७ शनिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले गर्यो एम्बुलेन्स खरिदः नगरवासीलाई थप सेवा उपलव्ध गराउने मेयर ऐर

कञ्चनपुर— कञ्चनपुरको मध्ये भागमा रहेको शुक्लाफाँटा नगरपालिकाले थप अर्को एम्बुलेन्स खरिद गरेको छ । नगरवासीलाई थप सेवा उपलव्ध गरान सहजताका लागी रु १० लाख ९९ हजारको लागतमा एम्वुलेन्स खरिद गरिएको हो । गत आर्थिक वर्ष २०७७÷०७८ मा एम्वुलेन्स खरिदका लागि नगरपालिकाले १५ लाख वजेट विनियोजन गरी खरिद प्रक्रिया अगाडी वढाएको थियो ।
नगरपालिकामा रहेको एउटा एम्वुलेन्सले मात्रै जनतालाई सेवा उपलव्ध गराउन समस्या देखिने भएकाले नया एमवुलेन्स खरिद गरिएको नगर प्रमुख दिल वहादुर ऐरले वताउनु भयो । कोरना महामारीका वेला एक मात्र सरकारी एम्वुलेन्सले सम्पुर्ण किसिमका विरामीलाई एम्वुलेन्स सेवा दिन गाह्रो भएकोले गर्भवती महिला लगायतका आपद–विपद्मा परेकालाई वोक्दा रोगको संकमण फैलन सक्ने भएको कारण नगरपालिकाले अर्को थप एम्वुलेन्सको व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले बताए । यस्तै एम्वुलेन्स सञ्चालनका लागि कार्यविधि बनाएर कार्यपालिकाबाट स्विकृती गराएर लागु गरिने थापाले जानकारी दिए ।
नगरपालिकामा शुक्रवार नयाँ एम्बुलेन्स पुगेको हो । अहिले पिपलाडी स्वास्थ्य चौकीमा रहेको एम्वुलेन्सले सेवा उपलब्ध गराउँदै आएको छ । नगरपालिकामा एम्बुलेन्स थप भएसंगै सेवा उपलव्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।