२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

मासुको व्यपारमा उपोभोक्तालाई ठग्दै आएका विरबहादुर प्रहरीको फन्दामा

डडेल्धुराः डडेल्धुरामा मासुका उपभोक्ताहरुलाई ठग्दै आएका विरबहादुर ऐरको बदशालामा शुक्रवार प्रहरीले छापा मारेकोछ । उनीले यो व्यवसाय सुरु गरेको ५ बर्ष भन्दा बढि भयो । बेलाबेला ऐरले खशीको मासु भनेर बाख्रीको मासु बेच्ने गरेको कुरा बजारमा हल्ला आए पनि प्रहरीको यो छापाले औपचारिक रुपमै उनको धन्दाको पर्दाफस गरेकोछ । मासुको व्यापारमा धन्दा गर्ने एैर अमरगढी नगरपालिका ५ का हुन उनी उमेरले ५३ बर्षका छन् ।
ऐर तुफान्डाँडाको घुम्ती मोड नजिकै रहेको स्वच्छ मासु उत्पादन केन्द्रमा बाख्राहरू काटी खसीको मासु भनी ब्रिकी गर्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार उनले बाख्राको मासु लाई खसीको दररेटमा बिक्री गरि आम उपभोक्तालाई उल्लु मात्र हैन । पशु नियमावली र ऐनको पनि ध्वज्जी उडाउदै आएका थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दिपककुमार कार्कीका अनुसार ३१ गते बिहान साढे ५ बजे प्रहरीले ऐरको मासु पसलमा छापा हानेको थियो। उनले बाख्राको काटेको छेकेको मासु १५ किलो र टाउको काटी खुरक्याएको सिङगै १८ किलो चार सय ग्रामको बाख्रा फेला पारी बरामद गरिएको बताए।

ऐरलाई नियन्त्रणमा लिएर बरामद गरिएको मासु मुचुल्का उठाई नष्ट गरिएको छ भने उनीबिरुद्ध पशु बधशाला र मासु जाँच ऐन २०५५ को दफा १३ बमोजिम मिसावट गरि मासु बिक्री गर्न नहुने अन्तर्गत कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।
मासु जाचँ ऐन २०५५ को दफा १३ मा के छ त नियमः
मिसावट गरि मासु बिकिृ गर्नु नहुने –
१) एक जातको पशुको मासुलाई अर्को जातको पशुको मासु हो भनी एक जातको मासु अर्को जातको पशुको मासुमा मिसावट गरि बिकिृ वितरण पाईने छैन् ।
२) मासुको स्वभाविक गुण वा स्वाद परिर्वतन गर्ने वा तौल बढाउने गरि कुनै पर्दाथ मासुमा मिसावट गरि बिकिृवितरण गर्न पाईने छैन् ।

के भन्छन त पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टः
स्वच्छ मासु उत्पादन केन्द्रको निमार्ण कार्य २०६३ मा भएको थियो तत्कालिन जिल्ला भेटनरी कार्यालय डडेल्धुराको आर्थिक सहयोग र डडेल्धुरा मासु व्यवसायी संघको सहकार्यमा केन्द्रको स्थापना गरिएको थियो । पछि देश संघिय संरचना गएपछि जिल्ला भेटेरिनरी अस्पताल नरहने अवस्था आएपछि बदशाको जिम्मेवारि नगरपालिकाले लिएको थियो । तर पछिल्लो समयमा नगरपालिका तर्फबाट बधशालाहरुको निरिक्षण् अनुगमनमा खासै चासो नदिएको र कर मात्र उठाउने गरेका छन् यो गम्भीर बिषय हो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।