२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

फिल्म ‘चिसो मान्छे’ को सोमवारबाट छायांकन सुरु

‘पशुपति प्रसाद, आमा’ जस्तो सफल फिल्म दिएका दीपेन्द्र के। खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को सोमवारबाट छायांकन सुरु भएको छ ।

ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । मुहूर्तपछि अभिनेता अर्पण थापाको दृश्य ग्वार्कोका सडकमा खिचिएको छ । काठमाडौंमा चार दिन फिल्मको छायांकन हुनेछ ।
 
काठमाडौंदेखि बाजुरासम्म खिचिने फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । निर्देशक खनालसँग उनको यो चौथो सहकार्य हो । यसअघि ‘लभ लभ लभ, चंगा चेट र आमा’ मा उनीहरुको टिमअप भएको थियो । फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसीको पनि अभिनय रहनेछ । फिल्ममा स्वस्तिमा बाजुराकी विवाहित महिलाको भूमिकामा देखिँदैछिन् ।
 
मुहूर्त समारोहमा खनालले भने ‘हामीले फिल्मलाई काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौ । फिल्मको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’ ‘आमा’ लाई पानीमा मात्र खिचेका उनले ‘चिसो मान्छे’ लाई घाममा नखिच्ने बताएका छन् । फिल्मलाई उनी आफैंले खिचिरहेका छन् । ‘आमा र धनपति’ मा पनि उनी छायाँकारको रुपमा थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।