धनगढी। डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७७ जनामा गरिएको परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।



डोटि अस्पतालका मोलेकुलर ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा डोटी र अछामका हुन् । डोटीका २४ र अछामका ७ जनामा संक्रमण पुष्टी भएको हो । जसमा २९पुरुष र २ महिला रहेका छन् ।
Views: 180

























