२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

डडेल्धुरामा बिषालु च्याउ खादा ७० बर्षिय बोहराको मृत्यु

डडेल्धुराः डडेल्धुरामा बिषालु च्याउ खादा एक जनाको मृत्यु भएकोछ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा आलिताल गाउँपालिका – १ फिन्नेगडाका ७० बर्षका देब बोहराको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जनाईएकोछ ।

May be an image of text

 

बोहराले आफ्नो घर नजिकैको बारीमा ७ गतेका दिन बिषलु च्याउ खाएको र उपचारका लागि डडेल्धुरा अस्पतालमा रहेकै बेला १३ गते अस्पतालमै उनको मृत्यु भएको जनाईएको छ । शवलाई पोष्टमार्टमको लागि डडेल्धुरा राखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकोछ ।

कस्ता च्याउ खान हुुँदैन ? 

जंगली च्याउ भौगोलिक अवस्था अनुसार फरक फरक हुन्छन् । त्यसैले सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगस् च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत  अनुभवका आधारमा नै यसको  संकलन गर्ने गरिएको छ  ।

कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि हामीले संकलन तथा  र भण्डारण तरिकाले पनि  विषाक्त बनाउने च्याउ वैज्ञानिक प्रेमबहादुर मगर बताउनुहुन्छ । च्याउ संकलन तथा प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाई छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुन्छन् ।

च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि  उठेको देखिएमा विषालु हो भनेर अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो, गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा विचार पुर्याउन च्याउ विज्ञ मगरको सुझाव छ । 

विषालु च्याउको वरपर कीराहरु नलाग्ने हुन्छ । त्यसैले यी च्याउहरु हेर्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् । खान हुने वा नहुने च्याउ छुट्याउनु यी तरिकाहरु अपनाउन सकिने उहाँको भनाई छ । तर यसैको आधारमा च्याउ विषालु हो या होइन छुट्याउन गाह्रो हुने उहाँ बताउनुहुन्छ । ठाउँ र हावापानी अनुसार च्याउको प्रजातिमा फरक पर्ने हुँदा कुन च्याउ खान हुने र नहुने ठ्याक्कै छुट्याउन भने विशेषज्ञता नै चाहिने विज्ञहरुको भनाइ छ ।  

नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइन्छ । तीमध्ये ७४ प्रकारका च्याउमा  औषधीय गुण हुन्छ । १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने १ सय प्रजातिका च्याउ विषालु हुने मगरले बताउनुभयो । 

च्याउको विषबाट बच्न के गर्ने ?

  • सकभर आफूले चिनेको र जानेको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्री वितरण गर्ने  र खाने । 
  • संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने ।
  • सकभर दुई प्रजातिका फरक– फरक च्याउ सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनुभन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।​
  • उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नष्ट हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
  • च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि  बिरामी होशमै छ भने नुनपानी खान दिएर बान्ता गराउने वा  पखाला लगाउने कुनै विधि अपनाउने ।
  • परम्परागत रुपमा प्रयोग गरिंदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ । तर छिटो भन्दा छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ । 

सबैलाई च्याउका सबै प्रकारहरुको ज्ञान नहुने हुँदा सकेसम्म राम्ररी ज्ञान नभएको प्रजातिको च्याउ प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । यसका साथै च्याउ संकलन र प्रयोग गर्दा समेत विशेष सावधानी अपनाउनुपर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।