२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

भागेर कहाँ गए श्रीलंकाका राष्ट्रपति ? राष्ट्रपति उम्मेदवार बन्‍नुअघि त्यागेका थिए अमेरिकी नागरिकता

कोलम्बो- श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका हुन् ।
७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ-३२ मार्फत देश छाडेका हुन् । विमानमा राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।
पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ । राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । उनले सोमबार राति दुबई भाग्ने प्रयास गरेका थिए । तर उनलाई अध्यागमनका अधिकारीहरूले राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट रोकेका थिए । अन्तत उनको दुबई भाग्‍ने प्रयास सफल हुन सकेन ।
हुनत देश छाडेर भाग्‍ने उनको प्रयास यो पहिलो पटक भने होइन् । यसअघि पनि उनले देश छाड्‍ने प्रयास गरेका थिए । देश छाड्‍ने प्रयास गरे पनि उनलाई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएन । त्यस्तै अमेरिकी दूताबासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।
त्यसो त अमेरिकामा उनको एक छोरा र नातिनातिना छन् । श्रीलंकामा राष्ट्रपतिको उम्मेदवार बन्नुअघि अमेरिका बसेका उनले राष्ट्रपतिको उम्मेदवार बन्न उनले अमेरिकी नागरिकता त्यागेका थिए ।
राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।