धनगढी,६ फागुन । निर्वाचन आचार संहिता सम्बन्धी अन्तरक्रिया धनगढीमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीले पाँचौँ निर्वाचन दिवसको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।



फागुन ७ गते पाँचौँ निर्वाचन दिवस रहेको हुँदा त्यसको पूर्व सन्ध्यामा निर्वाचन कार्यालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
वैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचन आचार सहित र २०७७ को मसौदा आयोगले तयार गरी कार्यान्वयन चरणमा रहेकाले मसौदाको विषयमा राजनितिकदलका प्रतिनिधिहरू सँग छलफल गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।
सरोकारवाला,राजनितिदल,सञ्चारकर्मीहरू र सरकारले पालना गर्नुपर्ने आचार सहिताको विषयमा अन्तरक्रिया गरिएको जानकारी दिए ।
Views: 208

























