डडेल्धुराको अमरगढि नगरपालिका युवा स्वरोजगारमा जोड दिै आएको छ ।महिलाहरु लाई स्वारोजगारमा पहुच बढाउनुका लागि व्युटिसियन एक महिने तालिम हिजो सम्पन्न गरेको छ । अमरगढि नगरपालिका र सिपबिकास तालिम केन्द्रको साझेदारिमा तालिम आयोजना गरिएको थियो ।तालिममा डडेल्धुराका १९ जाना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका मेयर विपिन ओझा,प्रमुख प्रशासकिय अधिकृत लगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा बोल्दै मेयर ओझाले भने महिला पहुच र स्वरोजगारिता बढाउनुका लागि नगरपालिकाले यो तालिम गरेको र यसले महिलाहरुको आयआर्जमा बृद्धि हुने र स्वरोजगार बढने भएकाले यो पेसा लाई निरन्तरता दिनुपर्ने बताए ।
Views: 211

























