२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

अाफ्नै लगानिमा दुई वडा लाई सडक संञ्जालमा जाेड्दै नवदुर्गा गाउँपालिका

दिपकराज भट्ट / डडेल्धुरा – नवदुर्गा गाउँपालिका डडेल्धुराले वडा नं ४ र ५ लाई गाउँपालिकाले सड्क संञ्जालमा जाेडने तयारि गरेकाे छ ।

दुबै वडाकाे १५ किलोमिटर सडक निर्माण हुने भएकाे छ । नवदुर्गा गाउँपालिकाको आफ्नै लगानीमा सेरी स्लेग हुँदै चामाजोड्ने गरि १५ किलोमिटर सडक निर्माण गरि शुक्रबार सडकको उदघाटन नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले गर्नुभएको थियाे ।

गाउँपालिकाको करिब १ करोड ५६ लाखको लगानीमा वडा नं ४ र वडा नं ५ लाई जोड्ने गरि सडक निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले बताउनुभएको छ र यस्तै अहिले गाउँपालिकाकाे सबै सडकहरु सुचारु अवस्थामा रहेकाे समेत उनले जानकारि गराउनु भयाे ।

सडकको उदघाटन गर्ने क्रममा उहाँले भन्नुभयो ” वडा नं ४ र वडा नंं ५ लाई सडक संजालमा जोड्दै यस क्षेत्रका जनताहरुको यातायातमा पुहँच निर्माण गर्न गाउँपालिकाको आफ्नै लगानीमा सडक निर्माण गरेका हौ र यहाँ ग्रामीण बस्तिका सबै सडक बारै महिना सुचारु अवस्थामा काेसिस समेत गरिरहेका छाै ” ।

नवदुर्गा गाउँपालिका सेरी स्लेग चामा जोड्ने गरि १५ किलोमिटर सडक निर्माणसंगै नवदुर्गा गाउँपालिकाका सवै वडाहरु सडक संजालसंग जोडिएका छन् ।

नवदुर्गा गाउँपालिकाका वडा नं ४ र वडा नं ५ का सेरी स्लेग र चामा जोड्ने गरि सडक निर्माण भएपछि नवदुर्गाका य क्षेत्रका स्थानीय वासिहरु हर्सित भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।