२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

पुनर्वासमा दलित महिला वडा सदस्यको मृत्यु

पुनर्वास, २४ कार्तिक ।  पुनर्वास नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित महिला वडा सदस्यको मृत्यु भएको छ । 

वडा सदस्य टीका देवी सूनारको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । किड्नी सम्बन्धी समस्याले ग्रसित उनको आइतबार दिउँसो ३ बजेतिरको समयमा घर लैजाने क्रममा मृत्यु भएको वडाका अध्यक्ष प्रेम बहादुर वस्नेतले बताए ।

वडाध्यक्ष वस्नेतका अनुसार वीर अस्पताल काठमाडौँबाट नियमित उपचार गराइरहेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार अस्पताल लगिएको थियो । डायलासिसका लागि भक्तपुर डायलासिस अस्पताल लगिएकी उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । 

आईसीयूका लागि काठमाडौँ मेडिकल कलेज लगिएकामा उपचार सम्भव नभएको भन्दै फिर्ता पठाइएको थियो । त्यहाँबाट कोहलपुर अस्पतालमा पनि आईसीयू नपाई धनगढी ल्याइएको आफन्तले बताएका छन् । धनगढीको निसर्ग अस्पतालमा एकदिन मात्रै आईसीयूमा राखेर घर ल्याउने क्रममै उनको मृत्यु भएको वडाध्यक्ष वस्नेतले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।