२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

डडेल्धुरामा जारी निषेधाज्ञा आगामी १९ भदौसम्म हुने ।

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा जारी निषेधाज्ञा आगामी १९ भदौसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले उक्त निणय गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । जिल्लामा संचालित अतिआश्यक सेवा तथा वस्तु बिक्री वितरण गर्ने पसलबाहेक सम्पूर्ण पसल शुक्रबारदेखि १९ भदौसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने छन्।

पलस संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन् । जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकललाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।