२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

अण्डमान निकोबारका दुर्लभ जनजातिसम्म पुग्यो कोरोना

एजेन्सी- जारी कोरोना महामारी भारतको अण्डमान निकोबार द्वीप समूहमा पनि फैलिएको छ। त्यहाँ ४१ जनाको ज्यान गएको छ भने दुर्लभ जनजाति समुदायका केही सदस्य संक्रमित भएका छन्। 

बीबीसीका अनुसार ग्रेट अण्डमानिज जनजातिका चार सदस्य संक्रमित भएका छन्। यी मध्ये दुई जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अन्य दुई जनालाई एक केयर सेन्टरमा राखिएको छ।  ग्रेट अण्डमानिज जनजाति समुदायमा अब जम्मा ५३ जना जीवित मानिसहरु छन्। 

अण्डमान निकोबार द्वीप समूहको पूर्वी हिस्सामा अहिलेसम्म २ हजार ९ सय ८५ जना संक्रमित भेटिएका छन्।

यी मध्ये ४१ जनाको ज्यान गइसकेको छ। यहाँ जुन महिनामा संक्रमणको पहिलो मामिला भेटिएको थियो।  पर्यटकीय आकर्षणको केन्द्र रहेकाले अण्डामान निकोबारमा पर्यटकहरुबाटै कोरोना फैलिएको आशंका गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।