२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

भागेश्वर मन्दिर (धुरा) जाँत सम्पन्न

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरामा मंसिर ११ (आज) जाँत सम्पन्न भएकोछ । मेलामा डडेलधुरा लगायत सुरपश्चिमका नौ वटै जिल्ला र छिमेकि मुलुक भारत बाट समेत दर्शर्थीहरु आएको पुजारि तिलक चटौतले जानकारि दिएका छन् । जाँतको राती (रतेडी) मा भक्तजनहरुले गित, भजन गाउने नाच्ने गरेका थिए ।

भागेश्वर मन्दिर भगवान शिवका ‘फुटलिङ्ग’

डडेल्धुराः भागेश्वर शिवजीका ‘फुटलिङ्ग’ मानिन्छन् । यी समुद्री सतहदेखि २००२ मिटर अग्लो शिखरमा छन् । यस धुराको पश्चिममा रुपालगाउँ, पश्चिम उत्तरमा वगरकोट गाउँ पूर्वमा गाङखेतगाउँ क्षेत्र र दक्षिणमा शीर्षगाउँ रहेको छन् । २२ गाउँबाट धुपपोखल पुजासामग्री, उत्पादित खाद्यबस्तु ल्याएर भागेश्वरको पूजाआजा गर्ने चलन रहेको छ । No description available.

 

२२ गाउँको ढुङ्गा, पाथर, काठ, नगद जिन्सी र मिस्त्री सहितका बस्तु ल्याएर भागेश्वरको मन्दिर निर्माण गरिएको किबदन्ती छ । पहिलो भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भएपनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जान्छ ।
भागेश्वरसँग पासो, कैलपाल, कनवेताल हुन्छन् । पासो देवता भागेश्वरको प्रमुख द्वारपाल हो । भागेश्वरमा चार पटक (श्रावणपुर्णीमा, कार्तिक शुल्क बैकुण्ठचर्तुदशी, माघ शुल्कपुर्णिमा, बैशाख शुल्कपुर्णिमा) पुजाआजा गर्ने प्रचलन भएपनि अहिले आएर दुई पटक पूजिन्छन् ।

No description available.

 

‘श्रावण शुक्लपूर्णामा तथा रक्षावन्धनका दिन दिउँसो पूजिन्छन र कार्तिक शुक्लवैकुण्ठचर्तुदशीका दिन राती पूजिन्छन् ।’ पुजारी हेमराज चटौतले भने, ‘यहाँ दर्शन गर्नाले सबै मनोकामना पुरा हुने गर्दछन् ।’
यहाँ कश्यप गोत्रीय चटौत ब्राह्मणबाट पूजापाठ रुद्री लगाउँने गरिन्छ भने जोशी ब्राह्मणबाट सबै कुराको व्यवस्थापन गर्ने गरिन्छ । चिपुर मणको विष्ट भागेश्वरको द्वार ९ढोका० मा ‘नाङ्गो खुकुरी’ लिएर उभिने चलन हो । भागेश्वरको पूजामा आएको धुप, पोखल रुपालको मडै (क्षेत्रीजाति)बाट जम्मा गर्ने व्यवस्थापन गर्ने गरिन्छ ।
गर्भवती भएकी श्रीमतीमा स्वास्थ्यमा समस्या आएपछि राजा नाग मल्ल भागेश्वरको शरणमा आएर ‘फुटलिङ्ग’मा छातामा छत बनाएर मन्दिर बनाउन बनाएका थिए । तर त्यो सबै चोरिएको छन् । ‘शिवको साक्षात्त फुटलिङ्ग यही भएको हुदाँ आउने दर्शन गर्न आउने सबैलाई मनोकामना पुरा हुन्छ ।’ रुपाल नौतडीका परमानन्द जोशीले भन्नु भयो, ‘यहाँ धेरै पुर्वाधारहरु बनाउँन बाँकी छ । त्यसका लागि राज्य लगानी गर्नुपर्छ ।

No description available.

 

महाभारतको उच्च शिखर स्थानमा भागेश्वर देवता आएर निवास गरि रहेको कुरा ‘ग्वान्नी’ क्षेत्रमा पर्ने ‘किरोड’ गाउँमा बस्ने एक्जना ‘त्रिवड’ भन्ने ‘लोहार’ जातीको घरमा रहेकी एउटा ‘कैलु’ गाइले पनि थाहा पाएकी थिइन् । गाई रहेक दिन शिलामा दुध दिने गर्दथ्यो । तर गाईमालिकले दुध गोठालो दुध चोरकेको आरोप लगाउने गर्दथे । एक कैलु गाईलाई गोठालोले शिवको फुटलिङ्गमा प्रत्यक्ष रुपमा दुध दिएको देखेरपछि आफुसँगा भएको हसियाले गोठालोले फुटलिङ्गमा हालेर रगतको खोला बनाएको थियो ।

भागेश्वर रुपाल नौतडीका गुणाकर जोशी र कमलाकर भाट बिहान अत्यकर्म गर्न नजिकको खोलामा गएपछि खोलाको पानी सुर्य अर्घ गर्दा रगत देखेपछि त्यहीलाई पछ्याउँदै गर्दा ‘फुटलिङ्ग’ रुपमा अहिले अवस्थीत स्थानमै पाएको ईतिहास छ । तेही कारण गुणाकर जोशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । त्यो पुस्ताका सन्तानकाहरूको अनुपस्थिति (जुठोसुत्केरो) भएको खण्डमा टाँटरगाउँका जोशी र निरोला भण्डारी (जो पहिलो जोशी नै थिए) ब्राह्मणले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । पूजा शुद्ध पवित्र वस्तु गाईको दूध गङ्गाको जल पहेलो रङ्ग मात्र चाहिने भएको र रातो रंग भागेश्वरलाई नचढ्ने भएका कारण श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ ।

No description available.

भागेश्वरको पक्षशाला २२ खाम छन् । भागेश्वरको उत्पति नभएको समयमा पाण्डवहरू वनबासको लागि भागेश्वरको धुराहुँदै जाँदा त्यस धुरामा पानी देखिएन् । त्यसपछि त्यस धुरामा अर्जुनले खड्क प्रहार गरेर पानी निकालेका हुन् । यो पानी निकालेको भनिने जललाई काँसीको जल भन्ने चलन छ । गँगोत्रीको जल मानेर यसै जलले भागेश्वरको पूजा गर्ने गरिन्छ । यस जलको न्वालालाई खड्के न्वालो भन्दछन्

भागेश्वर मन्दिरकै नामबाट भागेश्वर गाउँपालिकाको पनि नामाकंरण गरिएको हो । धार्मिक रुपमा पैदल यात्रा गरेर जाने हो भने डडेल्धुरा सदरमुकाम देखि बगरकोटसम्म सवारी साधानमा पुगिन्छ भने तेहाबाट करिब ६ घण्टाको पैदल यात्रामा चुल्ल हुदै भागेश्वर धुरा पुगिन्छ । तेहाँ जाने ब्यक्तिलेहरु आफैसँगै राती बस्नका लागि टेन्ट, त्रिपाल आदीको ब्यावस्था गरेर जानु पर्नेहुन्छ । अर्को बाटो भनेको डडेल्धुरा–बगरकोट–सिराड–बिरखमसम्म गाडी र त्यहाँबाट २ घण्टाको पैदल यात्रामा भागेश्वर मन्दिर पुग्न सकिन्छ ।

हेरौं फोटोहरुः

No description available.

 

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।