२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

संविधान अनुसार अधिकार मिलेन : मन्त्री शाह

धनगढी,६ फागुन ।  सुदूरपश्चिम पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संविधानमा व्यवस्था भएबमोजिम प्रदेशले अधिकार नपाएको गुनासो गरेका छन् । प्रदेश सभाको बैठकमा आज विशेष समय लिएर बोल्दै उनले प्रशासन र प्रहरी प्रदेश मातहतमा नआउँदा प्रदेश सरकारलाई शान्ति, सुरक्षा कायम गर्न समस्या भइरहेको बताए ।

‘प्रदेश सरकारले न अनुसन्धान टोली गठन गर्न सक्छ न त प्रहरीलाई आदेश दिन सक्छ’, उनले भने । ‘समस्या यहाँ हुने तर, त्यसको कमाण्ड गर्ने कार्य केन्द्रबाट हुँदा समस्या भइरहेको छ ।’ उनले भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा प्रदेश सरकारले अनुसन्धानमा खटेको प्रहरीको अनुसन्धान टोलीलाई पूर्ण सहयोग गरेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।