२०८२ चैत्र १० मंगलवार
२०८२ चैत्र १० मंगलवार

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जानकारी दिएको छ । काठमाडौँमा भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले दोस्रो चरणमा कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।